मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स ट्रफी :  केही मिनेटमै सकियो भारत र पाकिस्तानबिचको खेलको टिकट

मङ्गलबार, २२ माघ २०८१, २१ : ०२
मङ्गलबार, २२ माघ २०८१

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी २०२५ मा भारत र पाकिस्तानबिचको खेलको टिकट केही मिनेटमै बिक्री भएको भारतीय सञ्चारमाध्यमले दाबी गरेको छ । यद्यपि, यो दाबीलाई आईसीसीले अहिलेसम्म पुष्टि वा अस्वीकार गरेको छैन। 

हाइब्रिड मोडेलमा आयोजना भइरहेको प्रतियोगितामा भारत र पाकिस्तानबिचको खेल फेब्रुअरी २३ मा दुबईमा हुँदैछ। टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार, यो हाई-भोल्टेज खेलको टिकट बिक्री सोमबार साँझ ५:३० बजेदेखि सुरु भएको थियो। टिकटको सबैभन्दा कम मूल्य १२५ दिराम थियो। प्रिमियम लाउन्जको मूल्य ५००० दिराम थियो ।

समाचार एजेन्सी आईएएनएसका अनुसार दुबई निवासी सुधाश्रीले भनिन्, ‘टिकट बिक्री भइरहेको गति अचम्मलाग्दो थियो। जब म टिकट किन्न गएँ, केवल २ श्रेणीहरू बाँकी थिए, जुन मेरो बजेटभन्दा बाहिर थियो।’

पाकिस्तान टोली प्रतियोगिताको साबिक विजेता टोली हो। सन् २०१७ को च्याम्पियन्स ट्रफीमा फाइनलमा पाकिस्तानले भारतलाई हराउँदै उपाधि जितेको थियो। यस प्रतियोगिताको समूह ए मा भारत, पाकिस्तान, बंगलादेश र न्युजिल्याण्ड छ। जबकि समूह बी मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान रहेका छन्।

सबै टोलीले समूहमा ३-३ लिग खेल खेल्नेछन् र शीर्ष ४ टोली सेमिफाइनलमा पुग्नेछन्। यदि भारतीय टोली सेमिफाइनल वा फाइनलमा पुग्यो भने खेलहरू दुबईमा आयोजना गरिनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप