मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय

यायोक्खा मकाउको अध्यक्षमा केशव चयन, उपन्यास ‘किवाहाङ’बारे परिचर्चा

मङ्गलबार, २२ माघ २०८१, २० : ४४
मङ्गलबार, २२ माघ २०८१

मकाउ । किरात राई यायोक्खा मकाउको अध्यक्षमा केशव थुलुङ राई निर्विरोध चयन भएका छन् । चौथो साधारणसभा तथा अधिवेशनले उनको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो । 

जसअनुसार वरिष्ठ उपाध्यक्ष प्रजोत हाङखिम राई, उपाध्यक्षद्वय गंगाकुमार राई र भूपालसिं राई, महासचिव रक्षादल राई, सचिव शर्मिला राई, कोषाध्यक्ष आयुष राई र सहसचिव प्रेमकुमार राई छन् । विकास राई, पार्वती राई, नारदमणि राई, अनिल खिम्बुले राई, उमेश चाम्लिङ राई, प्रकाश राई, समीक्षा राई, म्याक कुलुङ राई र लक्ष्मीकुमार राई सदस्य चयन भएका छन् ।

डा. मंगल राईको अध्यक्षतामा भएको कार्यक्रममा यायोक्खा हङकङका अध्यक्ष गजेन्द्र राई प्रमुख अतिथि थिए । उक्त अधिवेशनमा आदिवासी जनजाति महासंघका अध्यक्ष भीम राई, किरात राई प्रज्ञा प्रतिष्ठान हङकङका सहसचिव बज्रकुमार राई, यायोक्खा हङकङकी प्रमुख सल्लाहकार माया (चन्द्रका) थुलुङ राई, थुलुङ राई सामा हङकङका अध्यक्ष राम ली राई र साब्लाबुङ पुस्तकालय अभियानका अभियन्ता राजकुमार राईको उपस्थिति थियो । यस्तै गैरआवासीय नेपाली संघका अध्यक्ष भीमसेन श्रेष्ठ ‘रुस्थम’, किरात  याक्थुङ चुम्लुङका वरिष्ठ उपाध्यक्ष शेरहाङ याक्सो, तामाङ घेदुङ संघका अध्यक्ष कलबहादुर  तामाङ, गुरुङ तमू समाजका अध्यक्ष लीलबहादुर गुरुङ ‘गोरा’, नेवा गुठीका अध्यक्ष अनिल श्रेष्ठ, मगर संघका अध्यक्ष एन्जल सारु मगर, यायोक्खा हङकङका महासचिव राजेन्द्र राई, यायोक्खा हङकङका सचिव शिवकुमार बान्तवा र लोहोरुङ समाजका सचिव धर्म लोहोरुङ राई कार्यक्रममा सहभागी थिए । 

‘किवाहाङ’ उपन्यासको परिचर्चा

सोही कार्यक्रममा साब्लाबुङ प्रकाशनका प्रधान सम्पादक तथा साहित्यकार राजकुमार राईकृत उपन्यास ‘किवाहाङ’ लोकार्पण गरी परिचर्चा गरिएको थियो । ब्रिटिस गोर्खा सैनिकको जिन्दगी र उनीहरूबाट जानरअञ्जान स्थापित लाहुरे संस्कृतिको विषयमा मिहिन ढंगले अध्ययन गरी लेखिएको यो कृति हाल चर्चामा छ ।

साहित्यकार बज्रकुमार राईले उक्त पुस्तकबारे संक्षिप्त मन्तव्य राखेका थिए । लेखक राईले समग्र उपन्यास र आदिवासी लाहुरे संस्कृतिबारे जानकारी गराएका थिए । यससँगै मकाउमा नेपाली साहित्यिक कृतिको विमोचन र परिचर्चा पहिलो पटक गरिएको हो । उक्त कार्यक्रममा यो पुस्तक बिक्रीबाट प्राप्त भएको ३० हजार लेखकलाई सभाध्यक्ष डा. मंगल राईले हस्तान्तरण गरेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप