विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुने टोलीको बिदाइ
काठमाडौँ । दुबई २०२५ विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार दुबई प्रस्थान गर्ने भएको छ ।
फेब्रुअरी ५ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । नवराज कार्कीले पुरुष ४ सय मिटर र १ हजार ५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । विलिशा अर्यालले महिला १ सय मिटर दौड र सटपुट तथा प्रभा आङदेम्वेले महिला २ सय/४ सय मिटर दौड र लङजम्पमा सहभागी हुने छन् ।
यसै प्रतियोगिताको प्रदर्शनका आधारमा नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमाका लागि खेलाडी छनोट गरिने बताइएको छ । टिम व्यवस्थापकमा साङबु भोटे, प्रशिक्षकमा ओलम्पियन विमला राना मगर र अफिसियलमा गीतादेवी दाहाल छन् ।
टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपकी सदस्य अञ्जना श्रेष्ठ र पारा एथलेटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटीले मंगलबार एक कार्यक्रमबिच बिदाइ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्कालका लागि पाथीभरा केबलकारको निर्माण कार्य स्थगित गर्ने सहमति
-
‘ताण्डवम्’को पहिलो गीत हिमानी (ए सानु) सार्वजनिक
-
पाथीभरा केबलकार निर्माणबारे सरकार र आन्दोलनरत पक्षबिच ६ बुँदे सहमति
-
१० बजे १० समाचार : रविविरुद्ध अर्को मुद्दा, कांग्रेसभित्र नयाँ मत
-
योगमाया सखी बनेकी जेरी भन्छिन्– संगीतसहितको प्रवचन गर्न लागेको हुँ
-
सीडीओलाई प्रहरी परिचालनको जिम्मा दिने प्रस्तावमा पूर्व आईजीपीहरुको चिन्ता