दोस्रो विश्वविद्यालय खेलकुद भोलिदेखि
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता बुधबारदेखि पोखरामा हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको राखेपका सदस्य एवं आयोजक समितिका संयोजक डा. मधुसूदन सुवेदीले मंगलबार पोखरा रंगशालामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
विश्वविद्यालयमा अध्ययनरत २८ वर्षमुनिका विद्यार्थी भित्र रहेको खेल प्रतिभाको प्रस्फुटन गराउने तथा खेलाडीहरूलाई हौसला र प्रेरणा प्रदान गर्ने उद्देश्यसहित राखेपले गत वर्षबाट विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्न थालेको हो ।
गण्डकी विश्वविद्यालयको सह–आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको समन्वयमा हुन लागेको प्रतियोगितामा एथलेटिक्स, भलिबल, ब्याडमिन्टन र टेबलटेनिस गरी ४ खेलमा प्रतिस्पर्धा हुनेछ । विभिन्न ९ विश्वविद्यालयको सहभागिता रहने प्रतियोगितामा जम्मा १९ स्वर्णका लागि भिडन्त हुनेछ । एथलेटिक्सको पुरुष/महिलामा समान ५–५ गरी १० स्पर्धामा खेल हुनेछ । ब्याडमिन्टन र टेबलटेनिसमा पुरुष/महिला सिंगल्स र डबल्समा खेल हुनेछ । भलिबलमा पुरुषतर्फ मात्र खेल हुनेछ ।
प्रत्येक विश्वविद्यालयबाट २६ का दरले ९ विश्वविद्यालयबाट जम्मा २ सय ३४ खेलाडी सहभागी हुन् छन् । सहभागी हुने विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र गण्डकी विश्वविद्यालय रहेका छन् । दुई दिने प्रतियोगिताका सम्पूर्ण खेलहरू पोखरा रंगशाला हातामा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्कालका लागि पाथीभरा केबलकारको निर्माण कार्य स्थगित गर्ने सहमति
-
‘ताण्डवम्’को पहिलो गीत हिमानी (ए सानु) सार्वजनिक
-
पाथीभरा केबलकार निर्माणबारे सरकार र आन्दोलनरत पक्षबिच ६ बुँदे सहमति
-
१० बजे १० समाचार : रविविरुद्ध अर्को मुद्दा, कांग्रेसभित्र नयाँ मत
-
योगमाया सखी बनेकी जेरी भन्छिन्– संगीतसहितको प्रवचन गर्न लागेको हुँ
-
सीडीओलाई प्रहरी परिचालनको जिम्मा दिने प्रस्तावमा पूर्व आईजीपीहरुको चिन्ता