कांग्रेसलाई विज्ञको सुझाव– ५ जना नयाँ साथी बनाउने, २ जनालाई भोट हाल्न लगाउने

पोखरा । नेपाली कांग्रेसका हरेक नेता कार्यकर्ताले ५ जना नयाँ साथी बनाउन विज्ञले सुझाव दिएका छन् । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य डा. कृष्ण पौडेलले आगामी ५ महिनाभित्र हरेक कांग्रेसीले ५ जना नयाँ सदस्य थप्ने योजना बनाउनुपर्ने बताएका हुन् ।
पोखरामा ७७ वटै जिल्लाका सभापति र प्रशिक्षण विभाग प्रमुखलाई पढाउँदै उनले भने, ‘कम्तीमा पनि ५ जना नयाँ साथी ५ महिनाभित्र बनाउन लगाऊँ । निर्वाचनको दिनमा हरेकले बनाएका ५ जना साथी मध्ये कम्तीमा पनि २ जनालाई नेपाली काँग्रेसको चुनाव चिन्हमा भोट हाल्न लगाऊँ ।’
उनले पछिल्ला वर्षहरूमा काँग्रेस जनताबाट टाढिँदै गएको तर्क गरे । ‘२०४६ सम्म राजनीति त्याग, निष्ठा, आदर्श र समर्पण थियो । २०५१ सम्म सेवामा समर्पित भयो,’ उनले भने, ‘२०५१ पछि पेसा र व्यवसायमा परिणत भएको छ । अहिलेको राजनीतिमा त्याग, निष्ठा, आदर्श, समर्पण र सेवा भाव न्यून भएको छ । राजनीतिलाई सेवा भावमा नै समर्पित गर्न आवश्यक छ ।’
पौडेलले कांग्रेसको नेतृत्वमा भएका आर्थिक सामाजिक विकासका बारेमा सहभागीहरूलाई तथ्यांकीय सहजीकरण गरेका थिए । उनले २०४६ अघि र त्यसपछिको विकासका बारेमा कांग्रेसले लिएका नीति, त्यसले पारेका प्रभावबारे जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : राजु पाण्डेलाई निलम्बन गर्न मागदेखि रास्वपा नेतृविरुद्ध अवलेहलना मुद्दासम्म
-
कोरला नाकामा प्रदेशको भवनबाट अध्यागमन कार्यालय हटाउन संघलाई मुख्यमन्त्री पाण्डेको चेतावनी
-
मालिकार्जुन गाउँपालिकाले मासिक रूपमा शिक्षकको तलब खातामै पठाउने
-
‘शिक्षकहरुको धैर्यताको बाँध टुट्ने अवस्थामा पुगिसक्यो’
-
दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाली डे’ मनाइँदै