मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘रंगी’को शीर्ष गीतमा रोमान्टिक सलोन र मलिका

मङ्गलबार, २२ माघ २०८१

काठमाडौँ । आगामी फागुन २ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘रंगी’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा आमेश भण्डारी र समीक्षा अधिकारीको स्वर, आमेशकै शब्द र संगीत, रोमन बज्राचार्यको एरेन्ज छ ।

गीतमा फिल्मका कलाकार सलोन बस्नेत र मलिका महत फिचर्ड छन् । भ्यालेन्टाइन लक्षित गीत रोमान्टिक फ्लेभरमा छ । चिया बेच्दै हिँडेकी मलिकासँग सलोनको भेट र त्यसपछि उनीहरूबिच अंकुराएको प्रेमलाई गीतमा देखाइएको छ । 

सलोन र मलिकालाई प्रेम, विवाह र सन्तानको अभिभावक बन्ने अवस्थासम्मको दृश्य गीतमा हेर्न सकिन्छ । निर्माण पक्षले हालसम्म कलाकारमा मलिकाको नाम गोप्य नै राखेको थियो । गीतले फिल्ममा मलिका सलोनकी श्रीमती हुन्छिन् कि भन्ने कौतुहलता जगाएको छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन छ । सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम निर्माता रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, मलिका महत, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी,  सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ ।

फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत छ । फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया