मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय

सहायताको बदलामा युक्रेनबाट दुलर्भ खनिज चाहन्छन् ट्रम्प

मङ्गलबार, २२ माघ २०८१, १८ : ०१
मङ्गलबार, २२ माघ २०८१

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धमा निरन्तर सहयोगको बदलामा युक्रेनसँग दुर्लभ खनिज धातु लिने सम्झौता गर्ने कुरा गरेका छन् । अमेरिकाले आफ्ना युरोपेली सहयोगीहरू भन्दा युक्रेनलाई बढी सैन्य र आर्थिक सहायता पठाएको एसोसिएटेड प्रेस (एपी) न्यूजका अनुसार सोमबार ट्रम्पले ओभल अफिसमा मिडियालाई भनेका थिए ।

‘हामी युक्रेनसँग एउटा सम्झौतामा पुग्न चाहन्छौँ जसले यसको दुर्लभ अर्थ मटेरियल र अन्य महत्त्वपूर्ण स्रोतहरूको सुरक्षा गर्नेछ,’ ट्रम्पले भने । युक्रेनी सरकारबाट अमेरिकालाई आधुनिक प्राविधिक अर्थतन्त्र बन्न मद्दत गर्न दुर्लभ अर्थ मटेरियल सम्झौता गर्न इच्छुक रहेको सन्देश पाएको उनले बताए । आफूले दुर्लभ अर्थ मटेरियलहरूको संरक्षण गर्न चाहेको र सयौँ अर्ब डलर लगानी गर्ने उनले बताए । युक्रेनसँग केही साँच्चै उत्कृष्ट दुर्लभ अर्थ मटेरियल भएको उनको भनाइ थियो ।

इलेक्ट्रोनिक्सदेखि आईटीसम्म प्रयोग हुन्छन् दुर्लभ अर्थ मटेरियल

दुर्लभ अर्थ मटेरियलहरू उपभोक्ता इलेक्ट्रोनिक्सदेखि सैन्य उपकरणहरूसम्म सबै कुरामा प्रयोग हुने १७ तत्त्वहरूको समूह हुन् । यो सूचना प्रविधि उद्योग, सौर्य ऊर्जा, रासायनिक उद्योगका साथै आधुनिक प्राविधिक तेल रिफाइनरी र अन्य धेरै उद्योगहरूमा प्रयोग गरिन्छ । यसमा सेरियम, डिस्प्रोसियम, अर्बियम, यूरोपियम, गैडोलीनियम, ल्यूटोटियम, नियोडिमियम, स्क्यान्डियम आदि पर्दछन् ।

‘हामी यो बेतुकको युद्ध अन्त्य गर्नेछौँ’

यसअघि ट्रम्पले युक्रेनमा द्वन्द्व अन्त्य गर्न छलफल भइरहेको बताएका थिए । ‘हामी चाँडै युद्ध समाप्त गर्नेछौँ । हामीले रुस र युक्रेनको मामिलामा धेरै प्रगति गरेका छौँ । हेरौँ के हुन्छ । हामी त्यो बेतुकको युद्ध रोक्नेछौँ,’ ट्रम्पले भनेका थिए । युद्ध सुरु भएदेखि, अमेरिकाले युक्रेनलाई लगभग ६३ अर्ब डलर बराबरको सहायता दिइसकेको छ । आफ्नो चुनावी अभियानको क्रममा ट्रम्पले युक्रेन युद्ध एक दिनमा समाप्त गर्ने कुरा गरेका थिए । तर यो कसरी गर्ने भन्नेबारे चाँहि कुनै विवरण दिएका थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप