मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय

फिल्म ‘पहाड’को छायाङ्कन गोर्खाबाट सुरु

मङ्गलबार, २२ माघ २०८१, १७ : ४५
मङ्गलबार, २२ माघ २०८१

काठमाडौँ । तुलसी घिमिरेको निर्देशन रहने फिल्म ‘पहाड’ शुभमुहूर्त गर्दै छायाङ्कन सुरु गरेको छ । मंगलबार गोर्खाको दरबारमा पूजा गर्दै मुहूर्त गरिएको फिल्मका लागि अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र डेब्यु अभिनेत्री पञ्चमी घिमिरेले सट दिए ।

युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तुमा निर्माण हुन लागेको फिल्म घिमिरेले नै लेखेका हुन् । मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा फिल्मले भन्ने निर्देशक घिमिरेले बताए ।

ओजस्वी केसी निर्माता रहेको फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गर्नेछन् । भारतमा फिल्म, वेब सिरिज र टेलीफिल्मसमेत छायांकन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा काम गरेका थिए । उनी ३० वर्षपछि नेपाली फिल्म छायाङ्कनका लागि नेपालमा आएका हुन् ।

भाग्यरत्न फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा   विपिन कार्की, सुनिल थापालगायतका कलाकारले पनि अभिनय गर्दैछन् । रञ्जित गजमेरको सङ्गीत, भारती घिमिरे क्रिएटिभ निर्देशक रहने फिल्मको रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह निर्माता हुन् । फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप