फिल्म ‘पहाड’को छायाङ्कन गोर्खाबाट सुरु
काठमाडौँ । तुलसी घिमिरेको निर्देशन रहने फिल्म ‘पहाड’ शुभमुहूर्त गर्दै छायाङ्कन सुरु गरेको छ । मंगलबार गोर्खाको दरबारमा पूजा गर्दै मुहूर्त गरिएको फिल्मका लागि अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र डेब्यु अभिनेत्री पञ्चमी घिमिरेले सट दिए ।
युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तुमा निर्माण हुन लागेको फिल्म घिमिरेले नै लेखेका हुन् । मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा फिल्मले भन्ने निर्देशक घिमिरेले बताए ।
ओजस्वी केसी निर्माता रहेको फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गर्नेछन् । भारतमा फिल्म, वेब सिरिज र टेलीफिल्मसमेत छायांकन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा काम गरेका थिए । उनी ३० वर्षपछि नेपाली फिल्म छायाङ्कनका लागि नेपालमा आएका हुन् ।
भाग्यरत्न फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा विपिन कार्की, सुनिल थापालगायतका कलाकारले पनि अभिनय गर्दैछन् । रञ्जित गजमेरको सङ्गीत, भारती घिमिरे क्रिएटिभ निर्देशक रहने फिल्मको रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह निर्माता हुन् । फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीडेनको मुख्य शहर ओरेब्रोस्थित स्कुलमा गोलीबारी, आक्रमणकारीसहित १० को मृत्यु
-
स्याङ्जाको अर्जुनचौपारीमा ‘नेपालकै पहिलो’ नवग्रह मन्दिर
-
दशौँ राष्ट्रिय खेलकूद : सुदूरपश्चिमको छनोट धनगढी र महेन्द्रनगरमा
-
१२ बजे, १२ समाचार : झापामा गोली चल्योदेखि रविविरुद्ध चितवनमा पनि मुद्दा दायरसम्म
-
कांग्रेसका जनप्रतिनिधिले हरेक २ महिनामा प्रगति विवरण पार्टीलाई बुझाउनु पर्ने
-
झापामा गोली चल्यो, एक जना घाइते