खेल
आहा रारा पोखरा गोल्डकपमा पुलिसको विजयी सुरुवात
मङ्गलबार, २२ माघ २०८१, १७ : ३२

पोखरा । नेपाल पुलिस क्लबले पोखरामा आयोजित आहा रारा पोखरा गोल्डकपमा विजयी सुरुवात गरेको छ । २४ औँ संस्करणको उद्घाटन खेलमा पुलिसले आयोजक सहारा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफको ३६ औँ मिनेटमा उज्ज्वल राईले प्रहार गरेको कर्नर किक नै पुलिसको लागि निर्णायक बन्यो । उज्ज्वलले प्रहार गरेको उक्त बल गोलमा परिणत भएपछि सहारा रक्षात्मक बन्यो । खेलमा केही अवसर पाएपनि आयोजकले गोल फर्काउन सकेन ।
पुलिसले जितसँगै युकेबाट आएको पाहुना टोली ब्रिगेड ब्वाइज क्वलसँग माघ २६ गते क्वाटरफाइनल प्रवेशका लागि खेल्नेछ । बुधबार एपिएफ र मछिन्द्रबिच खेल हुनेछ ।
प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा ऐन जारी गराउन क्रान्तिकारीद्वारा संघर्षको कार्यक्रम घोषणा
-
राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप सुरु
-
शिक्षकको मागप्रति सरकार गैरजिम्मेवार बन्दै गएको छ : पुष्पराज कुँवर (भिडियो कुराकानी)
-
कक्षा १२ को परीक्षा स्थगित भएको हल्ला फैलिएपछि...
-
कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले दिए राजीनामा
-
सञ्चारिका समूहद्वारा रातोपाटीकर्मी सरिता थारु सहित ६ जना महिला पत्रकार सम्मानित