पर्शुराम बस्नेतविरुद्धको मुद्दामा लिखित जवाफ पेस गर्न उच्च अदालतको आदेश
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डलाई ७ दिनभित्र लिखित जवाफ पेस गर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ । प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण) विरुद्ध दायर भएको ‘अदालतको अवहेलना’ मुद्दामा उच्च अदालतका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र विष्णुप्रसाद अर्यालको इजलासले रिट निवेदकको माग अनुसार किन आदेश जारी नगर्ने भन्दै कारण देखाऊ आदेश दिएको हो ।
इन्द्रकुमार योञ्जन तामाङले दर्ता गरेको रिटमाथि उच्च अदालतले सुनुवाइ गर्दै प्रदेश खेलकुद विकास बोर्डलाई सात दिनभित्र मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न मंगलबार आदेश दिएको हो ।
‘यसमा के कसो भएको हो ? निवेदन माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? जारी हुनु नपर्ने भए सोको आधार कारण र भए प्रमाणसहित बाटोको म्याद बाहेक ७ दिन भित्र मुख्य न्यायाधिवक्ताको कार्यालय, कोशी प्रदेश मार्फत लिखित जवाफ पेस गर्नू भनी विपक्षीका नाममा प्रस्तुत आदेश र निवेदनको प्रतिलिपिसहित म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि उत्प्रेषण परमादेश मुद्दाको मिसिल साथै राखी नियमानुसार पेस गर्नू,’ आदेशमा उल्लेख छ ।
उच्च अदालत विराटनगरको आदेश उल्लङ्घन गर्दै कोशी प्रदेश खेलकुद विकास बोर्डले मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेपछि अदालतमा सदस्य सचिव बस्नेत र प्रदेश खेलकुद विकास बोर्डलाई विपक्षी बनाएर इन्द्र कुमार योञ्जन तामाङले सोमबार अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीबारे देउवा र प्रचण्डको एकैदिन विपरीत टिप्पणी
-
झापामा ६ राउण्ड गोली प्रहार, एक जना लागू औषध कारोबारीको खुट्टामा लाग्यो गोली
-
नक्कली एक्स अकाउन्टले सोनु निगम हैरान, भने- मेरो ज्यान जोखिममा छ
-
‘रंगी’को शीर्ष गीतमा रोमान्टिक सलोन र मलिका
-
लागू औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली
-
सत्तापक्ष र प्रतिपक्षबिच भयो सहमति, बागमती प्रदेश सभा सञ्चालन हुने