फिल्म छायांकन सकेर फर्किए बलिउड अभिनेता जगपति बाबु
मङ्गलबार, २२ माघ २०८१, १६ : ३२

काठमाडौँ । फिल्म ‘मिराई’ छायांकन सकेर बलिउड अभिनेता जगपति बाबु भारत फर्किएका छन् । दक्षिण भारतीय फिल्म ‘मिराई’को छायांकनका लागि सोमबार नेपाल आएका उनी छायांकन सकेर मंगलबार भारत फर्किएका हुन् ।
यसै फिल्मका लागि अभिनेत्री श्रीया शरण केही दिन अगाडि काठमाडौँ आएकी थिइन् ।
फिल्मको अहिलेको छायांकन दोस्रो चरणको हो । फिल्मको केही अघि पहिलो चरणको छायांकन पनि नेपालमै भएको थियो ।
फिल्म १६ दिनसम्म नेपालका विभिन्न ठाउँमा छायांकन हुनेछ । फिल्म काठमाडौँ, भक्तपुर, कीर्तिपुर, दोलखा, पोखरा र मुस्ताङमा खिचिने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशासन आयोग गठनप्रति विपक्षीको टिप्पणी : सत्ता लम्ब्याउने कलाविहीन नाटक
-
बाढीले क्षतिग्रस्त खिम्ती–किर्नेटार सडक पुनर्निर्माणका लागि ठेक्का आह्वान
-
पूर्वनवयुवराज हृदयन्द्रको टिप्पणीपछि विवादमा अभिनेत्री सुरक्षा
-
भारत र अमेरिकाबिच व्यापार सम्झौताको रूपरेखामा सहमति
-
भारत र साउदी अरबबिच अन्तरिक्ष, सञ्चार स्वास्थ्य लगायत क्षेत्रमा महत्त्वपूर्ण सम्झौता
-
वैदेशिक रोजगारी र पेटको समस्या