यो हो विश्वको सबैभन्दा महँगो गाई, कति होला मूल्य ?
रियो द जेनरियो । एउटा गाईको मूल्य कति पर्ला ? एउटा गाईको मूल्य करोडौं हुन सक्छ ? यो ठट्टा होइन, सत्य हो ।
ब्राजिलमा भियाटिन–१९ नाम गरेको नेलोर गाई ४८ लाख डलर (झन्डै ६७ करोड नेपाली रुपैयाँ)मा बिक्री भएको छ । यो गाई किन यति महँगो पर्यो होला ? गाईहरू दूध उत्पादनका लागि मात्र हुन्नन् । असाधारण गुणहरूको कारणले गर्दा केही प्रजातिको मूल्य निकै धेरै हुन्छन् । संसारमा कयौँ प्रजातिका गाई पाइन्छन्, विशिष्ट विशेषताहरूको कारण लाखौं मात्रै होइन करोडौँमा किनबेच हुन्छन् ।
जापानको वाग्यु गाई र भारतका ब्राह्मण गाई यसका केही उदाहरण हुन् । यी गाईहरूले जस्तो सुकै गर्मी पनि सहन सक्छन्, तिनीहरूको नस्ललाई धेरै शुद्ध मानिन्छ । यही कारणले गर्दा विश्वभर यी गाईको माग पनि उच्च रहन्छ । भियाटिना–१९ नामको यो गाई विश्वको सबैभन्दा महँगो गाई त हो नै, यसले अर्को इतिहास पनि रचेको छ ।
यो अहिलेसम्मकै सबैभन्दा महँगो नेलोर जातको गाई बनेको छ । यो गाईको तौल १ हजार सय किलोग्राम छ । यो कुनै पनि साधारण गाईको भन्दा दोब्बर तौल हो । हालै ब्राजिलमा भएको ‘च्याम्पियन्स अफ द वल्र्ड’ प्रतियोगितामा यसले ‘मिस साउथ अमेरिका’को उपाधि पनि जितेको थियो । यसको सेतो, चम्किलो, लचिलो छाला र उठेको कुमले यसलाई अझ विशेष बनाएको छ । यी विशेषताहरूका कारण, यो तातो क्षेत्रहरूमा सजिलै बाँच्न सक्छ र दरिलो पनि रहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बा होस् कि मामा होस्‚ नयाँ होस् कि पुरानो दोषीले दण्ड पाउँछ : महामन्त्री थापा
-
दैलेखमा भूकम्पको धक्का
-
सहायताको बदलामा युक्रेनबाट दुलर्भ खनिज चाहन्छन् ट्रम्प
-
कांग्रेसभित्र संघ–प्रदेश पश्चात् स्थानीय तहको निर्वाचन गर्नुपर्ने मत
-
अधिकार प्राप्तिका लागि प्रदेशले संघ सरकारसँग संघर्ष गरिरहेको छ : मुख्यमन्त्री पाण्डे
-
फिल्म ‘पहाड’को छायाङ्कन गोर्खाबाट सुरु