मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय

नेपाल टेलिकमले २०१ कर्मचारीलाई दियो सुनचाँदीले बनेको पदक

मङ्गलबार, २२ माघ २०८१, १६ : १४
मङ्गलबार, २२ माघ २०८१

काठमाडौं । नेपाल टेलिकमले आफ्ना कर्मचारीलाई सुन र चाँदी मिश्रित पदक प्रदन गरेको छ । टेलिकमको २१ औं वार्षिकोत्सवको अवसरमा २०१ जना कमएचारीलाई ५ ग्राम सुन र २ तोला चाँदीमिश्रित पदक प्रदान गरिएको हो । 

२० वर्ष भन्दा बढी काम गरेर दीर्घसेवा पदक प्राप्त गरेका सो संख्याका कर्मचारीलाई उक्त पदक र एक महिनाको तलबसहित सम्मान गरिएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, मन्त्रालयकी सचिव राधिका अर्याल तथा प्रबन्ध निर्देशक संगीता पहाडीको उपस्थिीिस्थति रहेको कार्यक्रममा उनीहरुलाई उक्त पदक हस्तान्तरण गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप