टेलिकमले यसै वर्ष सर्वसाधारणलाई २५ प्रतिशत शेयर दिने
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकमले कम्तीमा २५ प्रतिशत शेयर सर्वसाधारणलाई दिनुपर्ने बताएका छन् । नेपाल टेलिकमको २१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।
अहिले सर्वसाधारण शेयरको हिस्सा कम हुँदा जनतामा अपनत्व कम महसुस भएको भन्दै उनले शेयर बढाउनुपर्ने बताए ।
उनले यसका लागि यही आर्थिक वर्षभित्र यो प्रक्रिया थाल्ने बताए । उनले टेलिकमको आम्दानी बढाउन धेरै जनसंख्या भएका मधेस लगायत क्षेत्रमा नेटवर्कलाई थप प्रभावकारी बनाउन सुझाव दिए ।
उनले ६ हजार ७४३ वडासम्मै फोरजी सेवा पुर्याएर डिजिटाइज गर्नुपर्ने बताए । जनताले दिएको आरटीडीएफ उठाएर सेवा दिन नसके त्यो जनताप्रति धोका हुने उनले बताए ।
उनले इगभर्नेन्सका लागि इन्टरनेट पहिलो पूर्वाधार रहेको भन्दै यो दायित्व पूरा गर्ने जिम्मेवारी टेलिकमको भएको बताए । डिजिटल नेपाल फ्रेमवर्कको आधार तयार गर्ने काम समेत टेलिकमको रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बा होस् कि मामा होस्‚ नयाँ होस् कि पुरानो दोषीले दण्ड पाउँछ : महामन्त्री थापा
-
दैलेखमा भूकम्पको धक्का
-
सहायताको बदलामा युक्रेनबाट दुलर्भ खनिज चाहन्छन् ट्रम्प
-
कांग्रेसभित्र संघ–प्रदेश पश्चात् स्थानीय तहको निर्वाचन गर्नुपर्ने मत
-
अधिकार प्राप्तिका लागि प्रदेशले संघ सरकारसँग संघर्ष गरिरहेको छ : मुख्यमन्त्री पाण्डे
-
फिल्म ‘पहाड’को छायाङ्कन गोर्खाबाट सुरु