गाई तस्करी गर्नेहरूलाई गोली हान्न मन्त्रीको निर्देशन
मङ्गलबार, २२ माघ २०८१, १५ : ३५

भारत । भारतको उत्तर कन्नड जिल्लामा गाई चोरीका घटनाहरू बढ्न थालेपछि त्यहाँका एक मन्त्रीले यस्तो गतिविधिमा संलग्नहरूलाई सीधै गोली हान्न आदेश दिएका छन्।
हालै त्यहाँको होन्नावर भन्ने स्थान नजिकै गर्भवती गाईको हत्याको घटनालाई लिएर स्थानीयहरू आक्रोशित भएपछि मन्त्रीको यस्तो भनाइ आएको हो ।
कर्नाटक सरकारका जिल्ला इन्चार्ज मन्त्री मंकल एस वैद्यले चेतावनी दिँदै जिल्लामा यस्ता गतिविधि हुन नदिने बताएका हुन् ।
उनले गाई पालको हित र संरक्षणका लागि प्रशासनले आवश्यक सबै पहल गरिरहेको पनि बताए ।
पत्रकारसँग कुरा गर्दै मन्त्रीले यसका पछाडि जोसुकै भए पनि निर्मम कारबाही गर्न आफूले प्रहरीलाई निर्देशन दिएको बताए । ‘यस्तै यस्तै चलिरह्यो भने दोषीलाई बाटोमै गोली हान्न भनेको छु’, उनले पत्रकारहरूसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चले जिल्लासँग माग्यो पूर्वडीआईजी जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन
-
पाँचपटकका च्याम्पियन चेन्नई र मुम्बईसँगै संकटमा छन् यी चार टोली
-
ट्रेलरमा यस्तो देखियो हरिवंशको ‘भूठान’
-
धार्मिक पर्यटकका लागि भक्तपुरको कलममसी आकर्षक गन्तव्य बन्नसक्छ : मन्त्री सिंह
-
गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
बिहिबारबाट चौथो ग्रामीण चलचित्र महोत्सव, सहभागीलाई बाँडियो प्रमाण पत्र