मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय

‘मुलासाग’ र ‘जोगिन्दर’ले हँसाए नेपालगन्जका दर्शक

मङ्गलबार, २२ माघ २०८१, १५ : २४
मङ्गलबार, २२ माघ २०८१

काठमाडौँ । हास्य कलाकार सुरेन्द्र केसी ‘मुलासाग’ र शिवशङ्कर रिजाल ‘जोगिन्दर’ले नेपालगन्जका दर्शकलाई पेट मिचिमिची हँसाएका छन् । 

नेपालगन्जमा आयोजित ‘प्रादेशिक महोत्सव २०८१’को ११ औँ दिन सोमबार  कार्यक्रममा उनीहरूले ‘सपेरा’ शीर्षकको प्रहसन प्रस्तुत गर्दा दर्शक पेट मिचिमिची हास्य बाध्य भएका हुन् ।

प्रहसनमा उनीहरूले देशको राजनीतिक, आर्थिकदेखि नेतासम्मलाई व्यङ्ग्य प्रहार गरेका थिए । सामाजिक विषयमा समेत व्यङ्ग्य गरेका उनीहरूको प्रस्तुतिलाई दर्शकले वान्स मोरको हुटिङ समेत गुन्जाएका थिए ।

कार्यक्रममा केसीले टेलिभिजनको चर्चित पात्र ‘मुलासाँग’ र शिवशंगर रिजालले ‘जोगिन्दर पानवाला’को गेटअपमा प्रस्तुति दिएका थिए ।

नेपालगन्जको प्रस्तुति आफ्नो जीवनकै महत्त्वपूर्ण कार्यक्रम भएको कलाकार रिजालले बताए । ‘दश हजार बढी दर्शकमाझ आफ्नो प्रस्तुति राख्न पाउँदा बेग्लै खुसी मिल्दो रहेछ’, उनले थपे ।

महोत्सवमा सोमबार नै गायक शिव परियार, गायिका लक्ष्मी आचार्य, एन्जिला रेग्मी, उमादेवी खनाल लगायतले आफ्ना केही चर्चित गीतसंगीत राखेका थिए । 

‘उद्योग व्यापार, कृषि जडिबुटी रोजगार, सूचना प्रविधि र पर्यटन, ब्यवसायिक उद्यमशाला तथा कला संस्कृतिको प्रवर्द्धन नारा’ रहेको महोत्सवमा बुधबारसम्म चल्नेछ । महोत्सवको आयोजना नेपालगन्ज उद्योग वाणिज्य संघले गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप