मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

साहारा सहकारीमा ५२ करोड ३२ लाख ठगी, कति कायम भयो बिगो ?

मङ्गलबार, २२ माघ २०८१, १५ : १५
मङ्गलबार, २२ माघ २०८१

काठमाडौँ । चितवनकाे साहारा बहुउद्देश्यीय सहकारीमा ५२ करोड ३२ लाख ८५ हजार ३०८ रुपैयाँ ४७ पैसा ठगी भएको निष्कर्षसहित चितवन जिल्ला अदालतमा मंगलबार मुद्दा दायर भएको छ । 

जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोगपत्रमा सो रकममध्ये १४ करोड २३ लाख ६ हजार १३१ रुपैयाँ ४७ पैसाको हकमा पछि अन्य बचतकर्ताहरूको पूरक जाहेरी दरखास्त पर्न आई अनुसन्धान भएर पूरक अनुसन्धान प्रतिवेदन प्राप्त भएको खण्डमा अर्को मुद्दा पेस गरिने उल्लेख छ । 

अभियोगपत्रमा जीबी राईबाट ४१ लाख ३० हजार, असरफ अलि सिद्धिकीबाट ३ करोड २० लाख  र महेन्द्र भोटे भन्ने शिव बहादुर गुरुङले २ करोड ६४ लाख सहकारीलाई व्यक्तिगतरुपमा भर्नुपर्ने मागदाबी लिइएको छ । 

अभियोगपत्रमा बिगो भने कुल ३८ कराेड ९ लाख ७९ हजार १७७ रुपैयाँ मागदाबी गरिएको छ । मूल अभियोगपत्रबाट कुल ४४६ जनाको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ १८ पैसा र पूरक जाहेरी दिने १० जनाको थप ४३ लाख ९४ हजार ६३१ रुपैयाँ १ पैसा गरी सो रकम बिगो कायम भएको अभियोगपत्रमा उल्लेख छ । 

प्रतिवादीहरुविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन) सम्बन्धी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप