मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय
सेयर बजार

१४ अंकले घट्यो नेप्से, ८ अर्ब ९१ करोडको कारोबार

मङ्गलबार, २२ माघ २०८१, १५ : १२
मङ्गलबार, २२ माघ २०८१

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) १४ अंकले घटेको छ । २७३३ बिन्दुबाट सुरु भएको बजार घट्दा परिसूचक २७१६ बिन्दुमा पुगेको हो । 

मंगलबार ३१५ कम्पनीको १ करोड ६९ लाख १७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ । 

मंगलबार कारोबार भएकामध्ये ७१ कम्पनीको मूल्य बढ्यो । १७२ कम्पनीको मूल्य घट्दा ९ कम्पनीको मूल्य भने स्थिर रह्यो । 

मंगलबार नेप्सेका दुई बाहेक सबै उपसमूहको सूचक घटेको छ । जलविद्युत् उपसमूहको सूचक ०.१५ र अन्य उपसमूहको ०.४३ प्रतिशतले बढेको छ । 

मंगलबार जोशी हाइड्रोपावर, सामुदायिक लघुवित्त, मध्य भोटेकोशी जलविद्युत् लगायत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । त्यस्तै कर्पोरेट विकास बैंक, ग्रिन विकास बैंक, सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक लगायतका लगानीकर्ताले धेरै गुमाए । यी सबै कम्पनीको मूल्यमा मंगलबार नकारात्मक सर्किट लागेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप