मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय

अमेरिकामा शिक्षा मन्त्रालयका कयौँ कर्मचारीलाई अवकाश

मङ्गलबार, २२ माघ २०८१, १५ : ०७
मङ्गलबार, २२ माघ २०८१

वाशिङटन डीसी । अमेरिकामा शिक्षा मन्त्रालयका कयौँ कर्मचारीहरूलाई अवकाश दिइएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशपछि यस्तो कदम चालिएको हो । 

यो संघीय सरकारभरि विविधता, समानता र समावेशीकरण (डीईआई) कार्यक्रमहरूमा प्रतिबन्धसँग जोडिएको बताइएको छ । कर्मचारीहरूलाई प्रशासनिक बिदामा पठाइएको कर्मचारी संघले बताएको छ ।

कति कर्मचारीहरूलाई बिदा दिइएको थियो र किन राखिएको थियो भन्ने कुरा स्पष्ट नभएको अमेरिकी सरकारका संघीय कर्मचारीहरूका लागि काम गर्ने शेरिया स्मिथले बताइएकी छिन् । तर अवकाश दिइएका अधिकांश कर्मचारीहरूले डीईआई पहलहरूमा काम नगर्ने भनिएको छ । उनीहरू विभागका विभिन्न कार्यालयहरूमा काम गर्दथे । स्मिथ सरकारी कर्मचारी संघ स्थान–२५२ का अध्यक्ष हुन् ।

५५ कर्मचारीलाई पठाइयो प्रशासनिक अवकाशको इमेल

कार्यक्रमहरूमा कटौती र कर्मचारीहरू हटाउने अर्बपति व्यवसायी एलन मस्कले जिम्मा पाएको डजको निर्णयका कारण यो परिवर्तन आएको बताइएको छ । ट्रम्पको दोस्रो कार्यकालमा सरकारी दक्षता हेर्ने नयाँ विभाग बनाइएको छ । शुक्रबार शिक्षा विभागका कम्तीमा ५५ कर्मचारीहरूले ट्रम्पको आदेश अनुसार तत्काल प्रशासनिक बिदामा राखिएको जानकारी दिने इमेलहरू प्राप्त गरेका थिए ।

कारबाही कुनै अनुसन्धानात्मक उद्देश्यका लागि नगरिएको इमेलमा भनिएको छ । इमेल पाउने कर्मचारीहरूले आफ्नो सरकारी इमेल खातामा पहुँच गुमाएका छन् । उनीहरूलाई कार्यालय नआउन निर्देशन दिइएको छ । यी कर्मचारीहरूमा वाशिंगटन र देशभरका क्षेत्रीय कार्यालयहरूमा काम गर्ने विभागका विभिन्न क्षेत्रका कर्मचारी सदस्य र प्रबन्धकहरू भएको बताइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप