गोर्खा मिडिया नेटवर्कबाट निकिताको नाममा रविले काटेका थिए ४ वटा चेक, गोपिकृष्णको नाममा ८१ लाख भुक्तानी

काठमाडौँ । चितवनको साहारा सहकारी ठगी प्रकरणमा गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले आफ्नो पदीय हैसियतमा श्रीमती निकिता पौडेलको नाममा चार वटा चेक काटेको भेटिएको छ । यस्तै श्रीमती आबद्ध गोपिकृष्ण मुभिजको नाममा समेत थप दुई वटा चेक काटिएको मंगलबार उक्त सहकारी ठगी प्रकरणमा रवि समेतलाई विपक्षी बनाएर दायर गरिएको अभियोग पत्रमा उल्लेख छ ।
‘विपक्ष रवि लामेछाने प्रबन्ध निर्देशक तथा शेयरधनि रहेको गोर्खा मिडिया नेटवर्क प्रालिको बैंक खाताबाट निज रवि लामिछाने समेतको हस्ताक्षरले काटिएको ४ वटा चेक मार्फत निजको श्रीमती निकिता पौडेलको नाममा रु. ५९,३८,२५१ (उनन्साठ्ठी लाख अड्तिस हजार दुई सय एकाउन्न) र गोपिकृष्ण मुभिजको नाममा २ वटा चेकमार्फत रु.८१,२५,००० ( एकासी लाख पच्चीस हजार रुपैयाँ) रकम भुक्तानी दिएको देखिन्छ’, अभियोगपत्रमा भनिएको छ ।
लामिछाने ०७७ पुस ३० गते प्रबन्ध निर्देशकको रुपमा र सोही वर्षको चैत महिनामा सेयर होल्डरको रुपमा प्रवेश गरेको र ०७९ असार २ मा उक्त प्रालिबाट अलग भएको अभियोगपत्रमा उल्लेख छ । तर त्यसअघि र पछि पनि चेकहरु जारी भएको देखिएको अभियोगपत्रमा उल्लेख छ ।
यस्तै अभियोगपत्रमा साहारा सहकारीबाट गोर्खा मिडियामा जम्मा हुन आएका रकममध्येबाट लामिछानेको एकल हस्ताक्षरले ८१४ वटा चेक मार्फत ४८ करोड ५८ लाख २२ हजार २४६ र जीबी राईसमेतको हस्ताक्षरमा थप ६० लाख १९ हजार रुपैयाँ भुक्तानी भएको देखिएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आधारभूत कुरा पूरा नगरे सरकारमा बस्दैनाैँ : गगन थापा
-
क्रसर व्यवसायीहरूद्वारा आन्दोलनको चेतावनी, सरकारले माग नसुनेको गुनासो
-
ट्राफिकले सर्वसाधारणलाई निर्घात कुटेको भिडियो कति पुरानो ?
-
प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने नेविसंघ नेताहरू पक्राउ
-
नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ
-
अब आउने बजेट युवामैत्री हुनेछ : शंकर पोखरेल