‘मिराई’ छायांकनका लागि काठमाडौँमा बलिउड अभिनेता जगपति बाबु
मङ्गलबार, २२ माघ २०८१, १४ : ५१

काठमाडौँ । बलिउड अभिनेता जगपति बाबु नेपाल आएका छन् । दक्षिण भारतीय फिल्म ‘मिराई’ छायांकनका लागि उनी सोमबार काठमाडौँ आइपुगेका हुन् ।
फिल्मको सुटिङ काठमाडौँमा चलिरहेको छ । उनले मंगलबारबाट फिल्मको सुटिङ सेट ज्वाइन गरेको फिल्मका निर्माण नियन्त्रक तथा चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए ।
यसै फिल्मका लागि अभिनेत्री श्रीया शरण केही दिन अगाडि काठमाडौँ आएकी थिइन् ।
फिल्मको अहिलेको छायांकन दोस्रो चरणको हो । फिल्मको केही अघि पहिलो चरणको छायांकन पनि नेपालमै भएको थियो ।
फिल्म १६ दिनसम्म नेपालका विभिन्न लोकेसनमा छायांकन हुनेछ । फिल्म काठमाडौँ, भक्तपुर, कीर्तिपुर, दोलखा, पोखरा र मुस्ताङमा खिचिने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन्, नेविसंघले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)
-
नागार्जुन र तार्केश्वरका ३ वटा खाद्य गोदाममा छापा
-
सरकारले ल्याएका ५ अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा प्रतिनिधिसभामा प्रस्तुत
-
यी हुन्, अनेरास्ववियुले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)
-
‘अञ्जिला’ले कति पायो शो ?
-
असन्तुष्टिको आगोमा घिउ तप्ने काम भएको छ : गगन थापा