अमिताभकी नातिनी फेरि पुगिन् अदालत
मुम्बई । अमिताभ बच्चनकी नातिनी आराध्या बच्चन पुनः एक पटक दिल्ली उच्च अदालत पुगेकी छन् ।
यसअघि, सन् २०२३ मा आराध्याले युट्युब र गुगलमाथि उनको स्वास्थ्यसँग जोडिएको फर्जी खबर प्रकाशित गरेको आरोप लगाएकी थिइन् । उनले अदालत पुगेर यस्ता खबर प्रकाशन गर्न रोक लगाउन माग गरेकी थिइन् ।
त्यतिबेला दिल्ली उच्च अदालतले गुगललाई सचेत गराउँदै सबै फेक खबर हटाउन निर्देशन दिएको थियो । अहिले आराध्याले नयाँ याचिका दायर गर्दै यस मामिलामा उचित कारबाही नभएको आरोप लगाएकी छन् ।
उनीसँग सम्बन्धित फेक समाचार अझै केही साइटहरूमा उपलब्ध छन् । उच्च अदालतले यस विषयमा गुगललाई नोटिस जारी गरेको छ । यस मामिलामा अर्को सुनुवाइ १७ मार्चमा हुनेछ ।
आराध्याको याचिकामा उच्च अदालतको निर्देशनका बाबजुद उनको स्वास्थ्यसँग जोडिएका भ्रामक खबर अहिले पनि इन्टरनेटमा उपलब्ध छन् । त्यसलाई पूर्णरुपमा नहटाइएको उनले बताएकी छन् ।
सन् २०२३ मा केही युट्युब च्यानलले आराध्याको विषयमा गलत खबर प्रकाशित गरेका थिए । उनको स्वास्थ्य अवस्था निकै खराब रहेको बताइएको थियो । यहाँसम्म कि उनको मृत्यु भएको पनि भ्रामक खबर प्रकाशित गरिएको थियो ।
बच्चन परिवारले यस मामिलालाई निकै गम्भीरताका साथ लिएको थियो । सन् २०२३ मा पिता अभिषेक बच्चनमार्फत आराध्या अदालत पुगिन् । अदालतले पनि यस विषयलाई गम्भीरताका साथ लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म छायांकन सकेर फर्किए बलिउड अभिनेता जगपति बाबु
-
नेपाल औषधि लिमिटेडले पायो अन्तरराष्ट्रिय मान्यताको जिएसपी प्रमाणपत्र
-
यो हो विश्वको सबैभन्दा महँगो गाई, कति होला मूल्य ?
-
नेपाल टेलिकमले २०१ कर्मचारीलाई दियो सुनचाँदीले बनेको पदक
-
साहारा सहकारीको ठगीमा रवि लामिछानेविरुद्ध कस्तो छ अभियोग, कति हुन्छ सजाय ?
-
सांसदहरूले भने– वकालत गरेको १५ वर्षपछि वरिष्ठ अधिवक्ता बन्न पाउने समयावधि बढाउनु हुँदैन