मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय

दश हिमाली जिल्लामा छात्रावास निर्माण गरिने

मङ्गलबार, २२ माघ २०८१, १४ : ०४
मङ्गलबार, २२ माघ २०८१

रसुवा । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले १० हिमाली जिल्लाका विद्यालयहरूमा छात्रावास निर्माण गरिने बताएकी छन् । 

पूर्वी रसुवाको नौकुण्ड गाउँपालिका फाम्चेतस्थित गौतमबुद्व माध्यमिक विद्यालयको ४८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार उद्घाटन गर्दै उनले रसुवा जिल्लामा पनि छात्रावास निर्माण गर्न जिल्ला शिक्षा समितिमार्फत माग गर्न निर्देशन दिइन् ।

ग्रामीण क्षेत्रका विद्यार्थीले स्थानीयस्तरमै कक्षा १२ सम्म सहज अध्ययनको वातावरण मिलाउन छात्रावास निर्माण गर्न लागिएको शिक्षा मन्त्री भट्टराईले बताइन् । सरकारले ल्याएको शिक्षा विधेयक अब छिट्टै सदनबाट पारित हुने र सो ऐन बनेपछि शिक्षा क्षेत्रका समस्या समाधान हुने उनको भनाई थियो ।

विसं २०७२ को भूकम्पले हाकु क्षेत्रबाट विस्थापित भई खाल्टेमा बसोबास गरेका १५९ घरधुरीलाई विद्यालयलगायत सबै आधारभूत आवश्यक पूरा गर्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव गर्ने आश्वासन दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप