मनिषाको शानदार बलिङ, नेपालसामु जितका लागि १ सय ७ रनको लक्ष्य

काठमाडौँ । त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गत चौथो खेलमा नेपालले जितका लागि १ सय ७ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६ रन बनाएको हो ।
थाइल्याण्डका लागि चनिदा सुथिरुआङले सर्वाधिक २७ रनको योगदान दिइन् । २८ बलमा उनले १ चौका हिर्काइन् ।
थिपाट्चा पुथावोङले २५ रन बनाउँदै उनलाई राम्रो साथ दिइन् । उनले ३१ बलमा १ चौका प्रहार गरिन् । दुवैले अर्धशतकीय साझेदारी गरे ।
विकेटकिपर नानापाट कोंचारोन्काईले २३ बलको सामना गरेर १९ रन बनाइन् । उनले यस क्रममा २ चौका प्रहार गरिन् । ओपनर अफिसारा सुवानचोंराथीले १९ बलमा १७ रन तथा नाटाया बुचाथामले १० रनको योगदान दिइन् ।
नेपालका लागि मनिषा उपाध्यायले शानदार बलिङ प्रदर्शन गरिन् । उनले ४ ओभर बलिङ गर्दै १ मेडनसहित मात्र १८ रन खर्चेर ३ विकेट लिइन् । उनले एउटा रनआउट समेत गरिन् ।
पूजा महतो र रचना चौधरीले १–१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यप्रदेशको कोइलाखानीमा भवनको छत खस्दा तीन मजदुरको मृत्यु
-
सुनगाभा सैनामैना गोल्ड कप : महावीर काठमाडौँ सेमिफाइनल प्रवेश
-
सुदूरपश्चिममा पहिलो पटक बजेटबारे सांसदहरूसँग छलफल
-
विद्युत् प्राधिकरणको नाफा ‘फेक’ हो ?
-
पाङ्ग्रा बिना आएको बुद्ध एयरको विमान काठमाडौँमा सकुशल अवतरण
-
विराट गोल्डकप : एपीएफलाई हराउँदै नेपाल पुलिस सेमिफाइनलमा