मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय

रुस समर्थक मिलिसियाका संस्थापक मस्कोमा भएको विस्फोटमा मारिए

मङ्गलबार, २२ माघ २०८१, १३ : ०७
मङ्गलबार, २२ माघ २०८१

मस्को । पूर्वी युक्रेनमा रुस समर्थक मिलिसिया समूहका संस्थापक मध्य मस्कोमा भएको विस्फोटमा मारिएको रुसी मिडियाले जानकारी दिएको छ । उनलाई युक्रेनले ‘आपराधिक मास्टरमाइन्ड’ भन्थ्यो ।

मस्कोको आवासीय कम्प्लेक्समा विस्फोट परी घाइते भएका अर्मेन सार्किस्यानको सोमबार निधन भएको समाचार एजेन्सी तासले स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै जानकारी दिएको थियो । रुसी अनुसन्धान कमिटीले पछि उनको मृत्युको भएको पुष्टि गरेको थियो ।

सार्किस्यानलाई ‘अर्मेन गोर्लोभस्की’ भनेर पनि चिनिन्थ्यो । उनले पूर्वी युक्रेनमा पृथकतावादी समूह अरबात बटालियन खडा गरेका थिए । उनी सन् २०२२ को नोभेम्बरमा रुसद्वारा कब्जा गरिएको युक्रेनको क्षेत्रमा त्यहाँको काराकारको सुपरभाइजर बने ।

अरबात बटालियनलाई सन् २०२२ मा वागनर समूहका नेता येभगेनी प्रिगोजिनको निजी सैन्य कम्पनीमा प्रभावलाई कम गर्न बनाइएको युक्रेनको गुप्तचर संस्थाले दाबी गरेको छ । जारी रुस युक्रेन युद्धमा यो बटालियनले थुप्रै महत्त्वपूर्ण लडाइँमा भाग लिएको छ ।

सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप