मानिस बिरामी नै हुन नपरोस् भनेर व्यापक प्रयास गरिन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रोग व्याधिबाट मुक्त समाज निर्माण गर्न चाहेको बताएका छन् । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको मंगलबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मानव जातिको भविष्यलाई सुखमय भविष्य, सम्मृद्धिमय, अभावमुक्त र रोग व्याधिबाट भरसक मुक्त समाज बनाउन चाहेको बताएका हुन् ।
उनले फागुन ६ गतेसम्म चल्ने यस वर्षको एचपीभी खोप अभियानलाई देशव्यापी रुपमा सञ्चालन हुने बताए । उनले विद्यालयपछि स्वास्थ्य संस्थाबाट यो सेवा प्रदान गर्ने भन्दै प्रधानमन्त्रीले यस अभियानले नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति गर्ने विश्वास व्यक्त गरे ।
उनले क्यान्सरको रोकथाम नै हुँदैन भन्ने धारणा सत्य नभएको भन्दै क्यान्सरलाई पनि रोकथाम गर्न सकिने बताए । ‘जसमध्ये पाठेघरको मुखको क्यान्सर जनस्वास्थ्य समस्या नरहनेगरी आज हामीले प्रारम्भ गरेका छौ’, उनले भने ‘हामीले निरोगी नेपालको नारा दिएका छौ ।’
प्रधानमन्त्रीले मानिस बिरामी नै हुन नपरोस् भन्नका लागि व्यापक प्रयास गरिने भन्दै त्यसका लागि आहार बिहार र आरामको सन्तुलन मिल्नुपर्ने बताए । ‘पाचन प्रणालीको स्वास्थ्यताले मानिस स्वस्थ हुन्छ’, प्रधानमन्त्रीले आहारको कुरा पेट भर्नमात्र नभएर स्वस्थ हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल