अमेरिकामाथि चीनले पनि लगायो १० प्रतिशत कर
मङ्गलबार, २२ माघ २०८१, १२ : ०६
वाशिङटन डीसी । अमेरिकाले चीनबाट आयात गरिने सामानमा अतिरिक्त कर लगाएपछि चीनले पनि अमेरिकाबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाएको छ । जस्तालाई त्यस्तै गर्ने नीति अनुसार चीनले यो कदम चालेको हो ।
चीनको पछिल्लो निर्णयले अमेरिकाबाट भित्रिने ठुला इन्जिन कार, पिकअप ट्रक, एलएनजी, कच्चा तेल र कृषि मेसिनरीको आयातलाई असर गर्नेछ ।
चीन विरुद्ध कर लगाउन अमेरिकाले दिएको समयसीमा आज समाप्त हुँदै थियो । अमेरिकामा चीनबाट आउने सामानमा १० प्रतिशत अतिरिक्त कर कार्यान्वयनमा आएको छ ।
योसँगै चीनले पनि प्रतिरोधात्मक कर घोषणा गरेको हो । अमेरिकाले मेक्सिको र क्यानडा विरुद्ध लगाइएको २५/२५ प्रतिशत अतिरिक्त कर भने ३० दिनको लागि स्थगित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभकी नातिनी फेरि पुगिन् अदालत
-
बेलायती राजकुमार पनि आइपुगे नेपाल, तस्बिरहरू
-
सहारा सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता
-
प्रहरीका उच्च अधिकारीको नाम र दर्जा दुरुपयोग गरेर ठगी गर्नेहरू फन्दामा
-
दश हिमाली जिल्लामा छात्रावास निर्माण गरिने
-
विद्युतीय सवारी साधनको प्रयोग बढेसँगै चार्जिङ स्टेसन विस्तारमा निजी क्षेत्रको चासो