भ्रमण
बेलायती राजकुमारी नेपालमा, तस्बिरमा हेर्नुहोस्
मङ्गलबार, २२ माघ २०८१, ११ : ४१
काठमाडौँ । बेलायती राजकुमारी सोफिया नेपाल आइपुगेकी छन् । उनी राजकुमार एडवार्डकी श्रीमती हुन् ।
मंगलबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गर्दा उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए ।
एयरपोर्टबाट उनी लैनचौरस्थित बेलायती दूतावास गएकी छन् । राजकुमार एडवार्ड पनि आजै नेपाल आउँदैछन् । केही समयपछि उनी काठमाडौँमा अवतरण हुने बताइएको छ ।
राजकुमार दिल्लीबाट र राजकुमारी लण्डन हुँदै नेपाल आएकाले फरक फरक जहाजमार्फत भएको बताइएको छ । ६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ स्वदेश फर्किने कार्यक्रम छ ।