ट्रम्प र चिनियाँ राष्ट्रपतिबिच अतिरिक्त महसुलबारे छलफल होला ?
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कुरा गर्न सक्ने बताइएको छ । यो कुराकानी आगामी २४ घण्टामा हुन सक्ने भन्दै बीबीसीले समाचार छापेको छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले फक्स न्यूजलाई यो जानकारी दिएको समाचारमा बताइएको छ ।
ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत अतिरिक्त कर लगाएका छन् । कुराकानीमा ट्रम्पले चीनमाथि लगाइएको करको बारेमा सीसँग चर्चा गर्न सक्ने बुझिएको छ ।
ट्रम्पले चीनबाट अमेरिका भित्रिने सामानमा १० प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेका छन् । यो शुल्क मंगलबारदेखि लागू हुँदैछ ।
चीनले अमेरिकाको यो कदमविरुद्ध विश्व व्यापार संगठन (डब्ल्यूटीओ)मा मुद्दा दायर गर्न सक्ने बताइएको छ । अमेरिकाले मेक्सिको र क्यानडामाथि पनि २५/२५ प्रतिशत र चीनमाथि १० प्रतिशत अतिरिक्त महसुल लगाउने घोषणा गरेको थियो । मेक्सिको र क्यानडाले पनि अमेरिकी सामानमा कर लगाउने घोषणा गरेपछि यी दुई देशमाथि लगाइएको अतिरिक्त महसुललाई ट्रम्पले एक महिनाको लागि स्थगित गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकम २२औँ वर्षमा, अब अनलाइनबाटै ई-सिम र भीओआईपी सेवा
-
२०५० सम्ममा क्यान्सरका बिरामी ८५ प्रतिशतले बढ्ने !
-
किन लगाउने एचपीभी खोप ?
-
मृत भेटिए रजनीकान्तको फिल्मका निर्माता
-
जिमेलका साढे २ अर्ब खाता ह्याकिङको खतरामा, तपाईंको पनि पर्यो कि ?
-
रुस समर्थक मिलिसियाका संस्थापक मस्कोमा भएको विस्फोटमा मारिए