मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय

दुई सय दिनमा शहरी विकास मन्त्रालयको पुँजीगत खर्च १२ प्रतिशत

मङ्गलबार, २२ माघ २०८१, १० : ५१
मङ्गलबार, २२ माघ २०८१

काठमाडौँ । शहरी विकास मन्त्रालयले दुई सय दिनमा  १९.४७ प्रतिशत चालु खर्च गरेको छ भने पुँजीगत तर्फको खर्च १२.२२ प्रतिशत गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको दुई सय दिन (२०८१ माघ १७ गतेसम्म) को प्रगति विवरण अनुसार यस्तो पाइएको हो । 

चालु आर्थिक वर्ष २०८१/८२ मा शहरी विकास मन्त्रालयको कुल बजेट ९१ अर्ब ३५ करोड २३ लाख रुपैयाँ हो । जसमध्ये संघ तर्फको बजेट हाल ६८ अर्ब २४ करोड २८ लाख १८ हजार रुपैयाँ रहेको छ । सङ्घतर्फको कुल बजेटमध्ये चालु तर्फ  ४ अर्ब ४५ करोड ८३ लाख २ हजार र पुँजीगत तर्फ ६३ अर्ब ७८ करोड ४५ लाख १६ हजार विनियोजित छ । 

साथै समग्रमा यस मन्त्रालयको वित्तीय खर्च जम्मा ८ अर्ब ६६ करोड ८ लाख २८ हजार अर्थात १२.६९ प्रतिशत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप