ट्रम्पले मस्कलाई बनाए सरकारका विशेष कर्मचारी

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्बपति व्यापारी एलन मस्कलाई आफ्नो सरकारको विशेष कर्मचारी बनाएका छन् । ट्रम्पले मस्कलाई यस अघि सरकारको आकार घटाउने काम दिएका थिए ।
अब भने उनलाई विशेष सरकारी कर्मचारी मानिने ह्वाइट हाउसले सोमबार भनेको हो । यो हैसियतसँगै मस्कले संघीय सरकारका लागि पनि काम गर्न सक्ने भएका छन् ।
तर नियमित सरकारी कर्मचारीलाई झैं उनले पनि आफ्नो निजी स्वार्थ र हितसँग बाझिने काम भने गर्न पाउने छैनन् । मस्क यतिबेला विश्वको सबैभन्दा धनी मान्छे हुन् । ट्रम्प प्रशासनमा जिम्मेवारी सम्हाल्नुको साथै उनले विद्युतीय कार बनाउने कम्पनी टेस्ला, एरोस्पेश कम्पनी स्पेशएक्स लगायत कयौँ कम्पनी चलाइरहेका छन् ।
मस्कलाई ‘विशेष सरकारी कर्मचारी’को रुपमा वर्गिकृत गरिएको ह्वाइट हाउसकी प्रेस प्रवक्ता क्यारोलिन लिभिटले भनेकी छिन् । यो कामका लागि मस्कले सरकारबाट तलब नपाउने अनि उनले कानुनको पालना गर्नु पर्ने उनले बताएकी छिन् ।
विशेष सरकारी कर्मचारी पद बढीमा १३० दिनको लागि मात्रै हुन्छ । तर मस्क उक्त पदमा योभन्दा लामो समय बस्छन् कि बस्दैनन् भन्ने बारे ट्रम्पले केही पनि भनेका छैनन् । मस्कले संघीय सरकारबाट व्यापक कर्मचारी कटौती गर्ने वाचा गरेका छन् ।
मस्कको डजलाई कयौँ सरकारी प्रणालीमा पहुँच र नियन्त्रण गर्न दिएपछि हालैका दिनमा मस्कबारे चासो र चियोचर्चा बढेको छ । मस्कको गतिविधिका कारण सरकारी कर्मचारी त्रस्त बनेका छन् भने केही एजेन्सीभित्र अस्तव्यस्तता देखिन थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेट : मिचेल मार्श र निकोलस पुरनको अर्धशतकसँगै लखनउले कोलकातालाई दियो २३९ रनको लक्ष्य
-
इरानमा कोइला खानीमा ग्यास चुहिँदा सात कामदारको मृत्यु
-
गणतन्त्र नै किन ?
-
अल्लु अर्जुनको हातमा पर्यो ८ सय करोड भारुको फिल्म
-
काठमाडौँ महानगरमा स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण
-
केपी ओली कप राष्ट्रिय क्रिकेट : गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीको जित