तातोपानी कुण्डको संरक्षण आवश्यक : प्रचण्ड
म्याग्दी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक उपचार केन्द्रको रूपमा रहेको म्याग्दीको तातोपानी कुण्डको संरक्षण आवश्यक रहेको बताएका छन् ।
म्याग्दीको वेनी हरियालीचोकबाट तातोपानी कुण्डसम्म बिहानी पैदल यात्रा गरेका अध्यक्ष प्रचण्डले कुण्ड संरक्षणमा जोड दिएका हुन् । प्राकृतिक चिकित्सालयको रूपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्यास्ट्रिक, बाथ लगायत रोगका बिरामीलाई फाइदा पुग्ने विश्वास गरिन्छ ।
आफूले सरकारको नेतृत्व गर्दैगर्दा तातोपानी कुण्ड संरक्षणका लागि तटबन्धलाई प्राथमिकता दिएको र आवश्यक बजेट विनियोजन गरिएको जानकारी गराउँदै उनले यो योजना बहुवर्षीय टेण्डरमा गएकाले तटबन्ध निर्माण सुनिश्चितता भएको बताए ।
आफू केही वर्षअघि केही मन्त्रीहरुसहित तातोपानी कुण्डको निरीक्षणमा आएको र त्यतिबेला यसको निकै प्रचार पनि भएको उल्लेख गर्दै उनले यहाँको समस्याको बारेमा पनि प्रारम्भिक जानकारी आफूलाई भएको बताए । अहिले दोस्रोपटक आउँदा प्राविधिक संरचनामा केही सुधार आएको र तातोपानीका मुहानहरू अरू पनि भेटिएको जानकारी पाउँदा खुसी लागेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको संरक्षणमा लाग्नुपर्ने बताए ।
बेनी–ढोरपाटन सडक निर्माण पनि आफूहरूको प्राथमिकतामा रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको काम अघि बढिसकेको बताए । ‘म्याग्दी जिल्लाको समग्र विकासमा हाम्रो ध्यान गएको छ, खोलाको सतह अझ गहिरिन नपाओस् भनेर स्थानीयवासीले राखेको चेकड्याम निर्माणको प्रस्तावप्रति हामी सम्बन्धित निकायको ध्यानाकर्षण गराउने छौँ’– उनले भने । सो क्रममा उनले स्थानीयबासीसँग अन्तर्क्रिया पनि गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल मृत्युदर घटेकाले हाम्रो सरदर आयु बढ्यो : प्रधानमन्त्री
-
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच छलफल सुरु
-
केपी ओली र म सँगै जेल बसेका हौँ, अविश्वास गर्नुपर्ने कारण छैन: देउवा
-
मानिस बिरामी नै हुन नपरोस् भनेर व्यापक प्रयास गरिन्छ : प्रधानमन्त्री
-
कारबाहीको डरले बोल्नै डराउँछन् आवासीय चिकित्सक
-
कतारमा नबिल बैंकद्वारा ‘घर त नेपाल’ कार्यक्रम सम्पन्न