गायिका बरालको ‘नैना रेशम’ सार्वजनिक
मङ्गलबार, २२ माघ २०८१, ०८ : ३१

काठमाडौँ । गायिका ईश्वरी बरालको गीत ‘नैना रेशम’ सार्वजनिक भएको छ। बरालले स्वर भरेको गीतको शब्द र संगीत सिर्जना राजकुमार बगरले गरेका हुन्।
नरेन्द्र वियोगीको एरेञ्ज रहेको गीतको भिडियो मुस्कान ढकालले निर्देशन गरेका हुन्। जसमा गायिका बरालसँगै स्मारिका ढकाल र शुरेस कोलीको अभिनय देख्न सकिन्छ।
नैना र रेशमबीचको प्रेमभावलाई देखाइएको उक्त भिडियोको छायाङ्कन उत्तम हुँमागाईंले गरेका छन् भने सम्पादन विकास ढकालले गरेका हुन्।सञ्चारकर्मीसमेत रहेकी गायिका बरालले यसअघि माया छ कि छैन, खानदानी छोरी, हरेक रात सपनीमा, नरिसाउन होइ लगायतका गीत गाएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–बुटवल सडक विस्तार : दाउन्ने खण्ड दैनिक चार घण्टा बन्द
-
अछामको बान्नीगढी जयगढमा भीषण आगलागी, सात करोड बराबरको क्षति
-
सहकारीका सदस्यको स्वस्ति शान्ति गराउन बागलुङमा लगाइयो पुराण
-
‘असन्तुष्टि सम्बोधन नभए दलहरूभित्रै विद्रोह हुन सक्छ’
-
अफगानिस्तानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
-
शिक्षक आन्दोलनमा नेविसंघको ऐक्यबद्धता