यूरोपदेखि अफ्रिकासम्म ट्रम्पको निशाना
वासिङ्टन डीसी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तामा आएपछि जे गर्छु भनेका थिए त्यहीँ गरिरहेका छन् । आफ्ना मतदाताहरूलाई खुसी बनाउन उनले व्यापार युद्ध छेडिरहेका छन् ।
त्यस्तै, दक्षिणी सीमाबाट अवैध रूपमा छिर्ने आप्रवासीहरूलाई उनले धमाधम समातेर देश निकाला गरिरहेका छन् । एलन मस्कको सहयोगले सरकारी कामकाजलाई चुस्त र दुरुस्त बनाउन लागिपरेका छन् ।
जनताले चुनेको राष्ट्रपतिले आफूले वाचा गरेको कुराहरू पूरा गर्नु भनेको प्रजातन्त्र हो भन्दै उप–राष्ट्रपति जेडी भेन्सले शनिबार माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा लेखेका थिए । निर्वाचित राष्ट्रपतिलाई अनिर्वाचित कर्मचारीतन्त्रले घुँडा टेकाउन खोज्नु कुलिनतन्त्र भएको अनि ट्रम्पले यसको सामु घुँडा टेक्न अस्वीकार गरेको पनि उनले पोस्टमा लेखेका थिए । तर चुनावी अभियानमा वाचा गरेको कुरा पूरा गर्ने ट्रम्पको यो हस्याङफस्याङले अमेरिकी जनताले ठुलै मूल्य चुकाउनु पर्ने देखिएको छ ।
सत्तामा आएदेखि नै आफ्नो ‘मेक अमेरिका ग्रेट अगेन’ अभियानलाई अगाडि बढाउन ट्रम्पले काम गरिरहेका छन् । यस अन्तर्गत, उनले अमेरिकाका व्यापारिक प्रतिद्वन्द्वी देशहरूका साथै मित्र राष्ट्रहरूसँग अतिरिक्त महसुल अर्थात् ट्यारिफ युद्ध छेडिरहेका छन् । ट्रम्पले अहिलेसम्म आधा दर्जन देशहरूमाथि अतिरिक्त महसुल लगाइसकेका छन् । यसबाहेक, उनले भविष्यमा धेरै अन्य देशहरूलाई कारबाही गर्ने धम्की पनि दिएका छन् ।
अमेरिकाको हितलाई उद्धृत गर्दै विभिन्न देशहरूसँग व्यापार युद्ध सुरु गर्ने ट्रम्पको मनसाय यस तथ्यबाट अनुमान गर्न सकिन्छ कि हालै ट्रम्पले अमेरिकी जनतालाई यसको लागि केही पीडा सहनुपर्ने बताएका छन् । यो आवश्यक भएको तर लामो समयमा यो अमेरिकाको हितमा हुने उनको भनाइ छ । अमेरिकासँगको व्यापारमा लाभ हासिल नभए क्यानडाको अस्तित्व नै खतरामा पर्ने समेत ट्रम्पले बताइरहेका छन् ।
ट्रम्पले कार्यभार सम्हाल्न थालेको तेस्रो हप्ता सुरु हुँदैछ । यति छोटो समयमा उनले अमेरिकाको पुस्तौँ देखिको नीति उलटपुलट गरिसकेका छन् । उनले विभिन्न कानुनलाई पनि चुनौती दिएका छन् । तर यी सबै गरेर उनले जुन समस्या समाधान गर्छु भन्ने कसम खाएर ह्वाइट हाउसमा छिरेका थिए, ती समस्याहरू समाधान गर्ला त ? कि उल्टै यसले अमेरिकालाई गहिरो विभाजनतिर डोल्याउँला ?
आर्थिक अनिश्चय सृजना गरेर उनलाई चुनेर पठाएका उपभोक्ताका लागि नै पीडा सृजना गर्ने हो कि ? अमेरिकालाई उसका मित्र राष्ट्रहरूबाट अलग्याएर अन्तर्राष्ट्रिय व्यवस्था नै तहसनहस पार्ने त होइन ? भन्ने प्रश्न उब्जाइरहेका छन् ।
तर दुःखको कुरा, ट्रम्प यस्ता कुरा सुन्दैनन् । तपाई अर्थशास्त्रबारे उनको बुझाइसँग तर्क गर्न सक्नु हुन्छ । तर अमेरिकाका मित्र राष्ट्रहरूलाई आर्थिक संकटमा ठेलेरै भए पनि उनले विश्व, खुला व्यापार अर्थतन्त्र र अमेरिकी उत्पादन आधारको कायापलट गर्ने भनिरहेका छन् । ‘अमेरिकामा सामान बनाऊ अनि तिम्रा उत्पादनमा कुनै अतिरिक्त शुल्क लाग्ने छैन,’ ट्रुथ सोसलमा ट्रम्पले शनिबार लेखेका थिए । यसलाई धेरैले ट्रम्पले अमेरिकी भविष्यसँग खेलबाड गरेको बताइरहेका छन् । आजको यस लेखमा ट्रम्पले अहिलेसम्म अतिरिक्त महसुल लगाएका देशहरूबारे कुराकानी गर्नेछौँ ।
ट्रम्पले फेब्रुअरी ४ देखि तीन देशहरूबाट आयात हुने सामानमा अतिरिक्त शुल्क लगाउने घोषणा गरेका छन् । यी देशहरूमा चीन, क्यानडा र मेक्सिको समावेश छन् । अचम्मको कुरा के छ भने चीन, मेक्सिको र क्यानडा अमेरिकाका सबैभन्दा ठूला व्यापारिक साझेदार हुन् । २०२४ मा, अमेरिकाले विश्वभरबाट लगभग ३० खर्ब डलर बराबरका सामान ल्याएको थियो । यी मध्ये ४२ प्रतिशत सामान यही तीन देशबाट आएका थिए । ट्रम्पले यी तीन देशहरूमा आयात शुल्क लगाउन अन्तर्राष्ट्रिय आपत्कालीन आर्थिक शक्ति ऐन (आईईईपीए) प्रयोग गरेर कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
क्यानडाले अमेरिकाबाट आउने लगभग ३० अर्ब डलर बराबरका उत्पादनहरूमा भन्सार लगाउने कुरा गरेको छ । यी उत्पादनहरूको सूचीमा अमेरिकामा बनेका रक्सी, घरायसी सामान, औजार, हतियार, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, लुगा आदि समावेश छन् ।
कार्यकारी आदेश अनुसार कदम गैरकानुनी आप्रवासीहरू र फेन्टानिल जस्ता घातक लागुपदार्थबाट अमेरिकी नागरिकहरूलाई हुने खतराबाट बचाउन यी कदम उठाइएको हो। ट्रम्पले आफ्नो प्राथमिकता अमेरिकीहरूको सुरक्षा भएको बताएका छन् । आफ्नो चुनावी अभियानको क्रममा सीमापार अवैध आप्रवासन र लागूपदार्थको बाढी रोक्ने वाचा गरेका थिए ।
अतिरिक्त महसुल लगाउनुको उद्देश्य घरेलु उत्पादनको प्रवर्द्धन गर्नु भएको बताइएको छ । यी शुल्कहरू अब लागू हुन लागू हुन गइरहेको ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले भनेकी छिन् । ट्रम्पले क्यानडा र मेक्सिकोबाट तेल आयातमा छूट दिने बारेमा विचार गरिरहेको बताएका छन्, तर लेभिटले राष्ट्रपतिको कुनै पनि सम्भावित कटौती गर्ने निर्णयबारे साझा गर्न आफूसँग कुनै जानकारी नभएको बताइन् । चीनले यो सम्पूर्ण परिदृश्यलाई नजिकबाट नियालिरहेको छ । उसले यस समयमा कुनै टिप्पणी गरेका छैन ।
ट्रम्पको निर्णयको मार खेपिरहेका देशहरूले कसरी गरिरहेका छन् बदला लिने तयारी ?
– अमेरिकाले क्यानेडियाली उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि क्यानडा सरकारले बदला लिएको छ । क्यानडाका अर्थमन्त्री डोमिनिक लेब्लाङ्कले आइतबार क्यानडा सरकारले कर लगाउने अमेरिकी उत्पादनहरूको सूची जारी गरेका छन् ।
क्यानडाले अमेरिकाबाट आउने लगभग ३० अर्ब डलर बराबरका उत्पादनहरूमा भन्सार लगाउने कुरा गरेको छ । यी उत्पादनहरूको सूचीमा अमेरिकामा बनेका रक्सी, घरायसी सामान, औजार, हतियार, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, लुगा आदि समावेश छन् ।
–मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले कर लगाएर समस्या समाधान नहुने बताएकी छिन् । बरु संवाद र छलफलबाट समाधान हुने उनको भनाइ थियो । मेक्सिकन टोली आप्रवासी सम्बन्धी मामिलामा अमेरिकासँग निरन्तर सम्पर्कमा थियो ।
‘मैले मेरो अर्थ सचिवलाई योजना बी बनाउन निर्देशन दिएको छु, जसमा हामी काम गरिरहेका छौँ । यसमा मेक्सिकोको हितको रक्षा गर्न भन्सार शुल्क र गैर(भन्सार उपायहरू समावेश छन् । सबै कुरा तार्किक र सही रूपमा हुनेछ, बल प्रयोग गरेर होइन ।’ उनले भनेकी छिन् । मेक्सिकोका राष्ट्रपति शेनबाउमले अमेरिकाले लगाएको आरोप अस्वीकार गरेकी छिन् । अमेरिकाले शेनबाउममाथि मेक्सिकन आपराधिक संगठनहरूसँग सम्बन्ध राखेको आरोप लगाएको छ । ‘हामी यसलाई अस्वीकार गर्छौ ।’ उनले भनिन् ।
–चिनियाँ सामानहरूमा १० प्रतिशत कर लगाउने अमेरिकी निर्णयको चीनको विदेश मन्त्रालयले निन्दा गरेको छ । उनीहरूले यसको विरोध गर्दै आफ्नो वैध अधिकार र हितको रक्षा गर्न बदला लिने चेतावनी दिएका छन् ।
चीनले अमेरिकाले गरेको कर वृद्धि विश्व व्यापार संगठन (डब्ल्यूटीओ) को नियमहरूको गम्भीर उल्लङ्घन भएको बताएको छ । चीनले यसको विरुद्ध (डब्ल्यूटीओमा मुद्दा दायर गर्ने भएको छ । अमेरिकाले चिनियाँ सामानहरूमा लगाएको करप्रति चीन निकै सन्तुष्ट रहेको र यसको कडा विरोध गर्ने बताएको छ ।
ट्रम्पले अन्य कुन देश र संस्थाहरूलाई चेतावनी दिएका छन् ?
ट्रम्पको पछिल्लो धम्की युरोपेली संघ (ईयू)लाई आएको छ । आफ्नो पछिल्लो वक्तव्यमा, उनले ईयूमाथि निश्चित रूपमा कर लगाउने बताएका छन् । युरोपेली संघले अमेरिकाबाट ठूलो फाइदा उठाएको उनको भनाइ थियो । तर उनले युरोपेली संघमा कर लगाउने कुनै समयसीमा भने दिएका छैनन् । यस विषयमा चाँडै निर्णय लिने उनले बताएका छन् ।
ट्रम्पले दक्षिण अफ्रिकालाई भविष्यमा दिइने सबै आर्थिक सहयोग रोक्ने घोषणा गरेका छन् । ट्रम्पले दक्षिण अफ्रिकी सरकारले जबरजस्ती जनताको जग्गा कब्जा गरिरहेको र समाजका केही वर्गलाई नराम्रो व्यवहार गरिरहेको आरोप पनि लगाए । अमेरिकाले यो नसहने अनि कारबाही गर्ने उनको भनाइ थियो ।
यस क्रममा ट्रम्पले २७ राष्ट्र भएको युरोपेली संघसँगको बढ्दो व्यापार घाटाको पनि उल्लेख गरेका थिए । युरोपेली संघले अमेरिकाको फाइदा उठाएको उनको भनाई थियो । यसैबिच, ईयूका सदस्य देशहरूले पनि ट्रम्पको व्यवहारमाथि कडा प्रतिक्रिया दिने कुरा गरेका छन् । ‘यदि अमेरिकी राष्ट्रपतिले कर लगाए भने, ईयूले युरोपेली उत्पादनहरूमा कुनै पनि मनमानी कर लगाएकोमा कडा प्रतिक्रिया दिनेछ,’ ईयूका प्रवक्ताले भनेका छन् ।
ट्रम्पले आइतबार दक्षिण अफ्रिकालाई भविष्यमा दिइने सबै आर्थिक सहयोग रोक्ने घोषणा गरेका छन् । ट्रम्पले दक्षिण अफ्रिकी सरकारले जबरजस्ती जनताको जग्गा कब्जा गरिरहेको र समाजका केही वर्गलाई नराम्रो व्यवहार गरिरहेको आरोप पनि लगाए । अमेरिकाले यो नसहने अनि कारबाही गर्ने उनको भनाइ थियो ।
यस विषयमा अनुसन्धान नभएसम्म आफूले दक्षिण अफ्रिकालाई भविष्यमा दिइने सबै रकम रोक्नेछ उनले बताएका थिए । ट्रम्पका नजिकका सहयोगी एलन मस्कको जन्म दक्षिण अफ्रिकामा भएको थियो । हालै दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले भूमि अधिग्रहण विधेयक पारित गरेका थिए । यस विधेयकमा सरकारले सार्वजनिक हितमा कुनै पनि क्षतिपूर्ति बिना जनताको जग्गा कब्जा गर्न सक्ने प्रावधान छ ।
अमेरिकाको पनामा नहरमाथि पनि आँखा गाडिरहेको छ । अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले पनि यसको संकेत दिएका छन् । रुबियोले आइतबार पानामाको भ्रमण गरेका थिए । त्यतिबेला उनले पानामा नहर अमेरिकालाई हस्तान्तरण गर्न माग गरेका थिए ।
पानामाका राष्ट्रपति जोसे राउल मुलिनोसँगको भेटमा उनले पानामाले पानामा नहर क्षेत्रमा चीनको बढ्दो प्रभावलाई कम गर्नुपर्ने बताए । यसो भएन भने, ट्रम्प प्रशासन आवश्यक कदम चाल्न तयार हुने भन्दै उनले चेतावनी दिएका थिए । नहर क्षेत्रमा चीनको उपस्थितिले अमेरिकासँगको १९९९ को सन्धिको उल्लङ्घन हुन सक्ने ट्रम्पको भनाइ भएको पनि उनले बताएका थिए । यसमा तुरुन्तै परिवर्तन गरिएन भने, अमेरिकाले सम्झौता अन्तर्गत आफ्नो अधिकारको रक्षा गर्न आवश्यक कदम चाल्नुपर्ने उनको भनाई थियो ।
ट्रम्पले विकासशील देशहरूको संगठन ब्रिक्सका सदस्यहरूमाथि पनि भन्सार लगाउने चेतावनी दिएका छन् । उनले ब्रिक्स देशहरूले अमेरिकी डलर बाहेक अन्य कुनै मुद्रा अपनाएमा १०० प्रतिशत भन्सार लगाउने धम्की दिएका थिए ।
यति मात्र कहाँ हो र ? ट्रम्पले ग्रीनल्याण्डलाई अमेरिकाको स्वामित्वमा ल्याउने कुरा पनि गरेका छन् । यसका लागि उनले सैन्य कारबाहीको सम्भावनालाई अस्वीकार गरेका छैनन् । यसैबिच, डेनमार्कले अमेरिकालाई कडा प्रतिक्रिया दिएको छ । ट्रम्पको धम्कीपछि डेनमार्कले ग्रीनल्याण्डमा विभिन्न प्रकारका हतियार तैनाथ गर्ने तयारी गरेको खबरहरू आएका थिए । डेनमार्कले ग्रिनल्याण्ड बचाउन अर्बौँ डलर सहयोग गर्ने प्रयास थालेको बताइएको छ ।
यसबाहेक, ट्रम्पले विकासशील देशहरूको संगठन ब्रिक्सका सदस्यहरूमाथि पनि भन्सार लगाउने चेतावनी दिएका छन् । उनले ब्रिक्स देशहरूले अमेरिकी डलर बाहेक अन्य कुनै मुद्रा अपनाएमा १०० प्रतिशत भन्सार लगाउने धम्की दिएका थिए । ट्रम्पले भनेका छन् कि ब्रिक्स देशहरू डलरबाट टाढा जान खोजिरहेका छन् भन्ने आफूलाई थाहा भएको र उभिएर हेर्दा उक्त संगठन नै सकिइसकेको आफूले देखेको उनको भनाइ थियो । यी शत्रुतापूर्ण देशहरूबाट आफूले यही प्रतिबद्धता चाहेको कि न त उनीहरूले न त नयाँ ब्रिक्स मुद्रा सिर्जना गर्नेछन्, न त शक्तिशाली अमेरिकी डलर बाहेक अन्य कुनै मुद्रालाई समर्थन गर्नेछन् भनेर ट्रम्पले भनेका छन् । अन्यथा उनीहरूले १०० प्रतिशत भन्सार शुल्कको सामना गर्नुपर्ने नयाँ मुद्रा बेच्न अरु नै मूर्ख देश खोज्न पनि भनिएको थियो ।
अर्काेतर्फ, ट्रम्पले पनि रुसबारे पनि मुख खोलेर कुरा गरेका छन् । आफू जुनसुकै बेला पुटिनलाई भेट्न तयार रहेको भन्दै पुटिन युक्रेन मुद्दामा वार्ताको टेबलमा आएनन् भने आफूले रुसमाथि प्रतिबन्ध लगाउन सक्ने ट्रम्पले बताएका थिए । ‘हामी चाँडै सम्झौतामा पुगेनौँ भने, रुसले अमेरिका र अन्य साझेदार देशहरूलाई बेचेका सामानहरूमा उच्च स्तरको कर, शुल्क र प्रतिबन्ध लगाउनुको विकल्प मसँग हुनेछैन,’ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका थिए ।