गणेशजीको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
श्री गणेशाय नमः
आज विक्रम संवत २०८१ साल माघ २२ गत, मंगलबार । ईश्वी सन् २०२५ फेव्रुवरी ४ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ शुक्लपक्ष । तिथि–षष्ठी, १ घडी ५४ पला, बिहान ७ बजेर ३७ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–अश्विनी, ४४ घडी ४१ पला, रातको १२ बजेर ४३ मिनेट उप्रान्त भरुणी । योग–शुभ, ५० घडी ३२ पला, रातको ३ बजेर ४ मिनेट उप्रान्त शुक्ल । करण–तैतिल, बिहान ७ बजेर ३७ मिनेट उप्रान्त गर, बेलुकी ६ बजेर २५ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५१ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४५ मिनेट । दिनमान २७ घडी १७ पला ।
आजको बार बेला
बिहान ०६ बजेर ५१ मिनेटसम्म रोग बेला ।
बिहान ६ बजेर ५२ मिनेटदेखि बिहान ८ बजेर १३ मिनेटसम्म उद्धेग बेला ।
बिहान ८ बजेर १४ मिनेटदेखि बिहान ९ बजेर ३५ मिनेटसम्म चर बेला ।
बिहान ०९ बजेर ३६ मिनेटदेखि बिहान १० बजेर ५७ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर ५८ मिनेटदेखि बिहान १२ बजेर १८ मिनेटसम्म अमृत बेला ।
मध्यान्ह १२ बजेर १९ मिनेटदेखि दिउँसो १ बजेर ४० मिनेटसम्म काल बेला ।
दिउँसो १ बजेर ४१ मिनेटदेखि दिउँसो ३ बजेर २ मिनेटसम्म शुभ बेला ।
दिउँसो ३ बजेर ३ मिनेटदेखि बेलुकी ४ बजेर २४ मिनेटसम्म रोग बेला ।
बेलुकी ४ बजेर २४ मिनेटदेखी बेलुकी ७ बजेर २४ मिनेटसम्म काल बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउँसो ३ बजेर २ मिनेटदेखि बेलुकी ४ बजेर २३ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रम्हा मुहुर्त
बिहान ५ बजेर १५ मिनेटदेखि बिहान ६ बजेर ३ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।
आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) व्यापार, उद्योग तथा शेयर बजारबाट नाफा कमाउन सकिनेछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन प्रशन्न हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) समय राम्रो रहेकोले विदेशी सामानको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । स्वास्थ्य सामाग्री तथा औषधिजन्य व्यापारबाट लाभ लिन सकिनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्रा हुने योग रहेकोछ । विदेशी भाषा तथा परराष्ट्र सम्बन्धी कामबाट मनग्गे आम्दानी हुनेछ । आर्थिक क्षेत्र तथा पुँजी बजारमा लगानी गरि आम्दानी गर्न सकिनेछ । तरपनि गैह्रन्यायिक काम नगर्नुहोला दण्ड वा जरिवान तिर्नुपर्ने हुनसक्छ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) व्यापार व्यवासाय फस्टाएर जानेछ भने धन आगमनको गतिलो योग रहेकोछ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कारोबारहरु बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । पैत्रिक धन तथा सम्पत्तिको प्रयोगमार्फत मनग्गे आम्दानी हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) चुनौतीलाई किनारा लगाउदै कामहरु बनाउन सकिनेछ भने राम्रा कामगर्दा समाजमा स्थापित हुन सकिनेछ । व्यवसाय फस्टाएर जाने तथा व्यवसायिक यात्रा हुनेछ । अध्ययनमा समय दिई आफ्नो विद्यालाई निखार्ने मौका मिल्नेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईंको कामदेखि सबै प्रशन्न हुनेछन् । सार्वजनिक पदमा बसेर सेवा प्रवाह गर्नेहरुले तपाईको काम समयमा गरिदिने हुनाले समय र रुपैयाँ पैसाको बचत हुनेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) आजको समय राम्रो रहेकोले धार्मिक तथा आध्यात्मिक क्षेत्रमा विशेष चासो बढ्नेछ । पढाइ लेखाइ तथा खोजमूलक क्षेत्रमा रुची बढ्नेछ भने गुरुवर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट विशेष सामान तथा उपहार प्राप्त हुने योग रहेकोछ । पढाइकै शिलशिलामा लामो दुरीको यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । माया प्रेममा नजिक भई रमाउने समय रहेकोछ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) नसोचेको धन तथा सम्पत्ति प्राप्तिको योग रहेकोछ । आफन्त तथा दिदीबहिनीको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । व्यापार, उद्योग तथा शेयर बजारमा गरिएको लगानीको नाफामा उल्लेख्य बृद्धि हुनेछ । शुभ तथा मांगलिक समारोहमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कर्म प्राप्तिको निमित्त लामो दुरीको यात्रा तय हुनेछ । राशि स्वामी बुधको शुभ प्रभावले लेखन तथा साहित्यमा बाकी रहेको कामहरु फत्ते गर्न सकिनेछ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) पढाइ लेखाइमा प्रगति हुनेछ । आफन्तसँग पारिवारिक सद्भाव बढ्नेछ । व्यापार, उद्योग तथा शेयरमा वृद्धि भई आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठूला व्यक्तिको सहयोगमा विशेष काम सम्पन्न हुनेछ । अध्ययन वा व्यापारकै शिलशिलामा यात्राको तय गर्न सकिनेछ । स्वास्थ्यमा सुधार आउनेछ । दाम्पत्य जीवन सुखमय बित्नेछ ।
बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वतः ठीक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ । अदालतबाट आउने निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले एक किसिमको उमङग शरीरमा आउनेछ ।
धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) अध्ययनमा मन जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । बैक तथा वित्तीय क्षेत्र र शेयरबाट भनेजस्तो आम्दानी हुनेछ । आफुले मन पराएको मानिसबाट उपाहार तथा विलाशी वस्तु प्राप्त हुनेछ । नोकरीमा बढावा हुने योग रहेकोछ । वंश बृद्धिको योगलाई नकार्न सकिदैन । अध्ययन वा कामको सवालमा यात्रा हुने ग्रहयोग रहेकोछ । राजनीति तथा समाजसेवीहरुले पद प्राप्तिको योग रहेकोछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) समय राम्रो रहेकाले अध्ययनमा मन जाने तथा शैक्षिक क्षेत्रमा राम्रो प्रगती गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने जीवन साथीको सहयोग रहनेछ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) वनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरीको परिणाममूखी यात्राको तय हुनेछ । उद्योग, शेयर तथा व्यापार व्यवसायमा लगानी बढाई भनेजस्तो नाफा कमाउन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । दाजुभाई तथा अन्य इष्टमित्रबाट सहायोग हुने हुँदा मन खुशी रहनेछ । छोटो दुरीको यात्रा तय हुनेछ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार, शेयर तथा उद्योगबाट नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बन्नेछ । राम्रा काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सरात्मक नतिजा हात लागी हुने ग्रहयोग रहेकोछ । तपाईंको लवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न हुनेछ । पत्रकार तथा राजनीतिज्ञको लागी समय उत्तम रहेकोछ ।
तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी