मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय

लाजियो चौथो स्थानमा उक्लियो

मङ्गलबार, २२ माघ २०८१, ०४ : २७
मङ्गलबार, २२ माघ २०८१

काठमाडौं । इटालियन सिरी’एमा लाजियो विजयी भएको छ । लिग अन्तर्गत सोमबार राती भएको एक मात्र खेलमा लाजियोले कालियरीलाई २-१ गोल अन्तरले हरायो । 

लाजियोलाई जिताउन मथायस जकाग्नि र भ्यालेन्टाइन कास्टेलानोसले गोल गरे । जवाफमा कालियरीका रोबर्टो पिककोलीले एक गोल फर्काए । जितसँगै लाजियो सिरी’एको अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । उसको २३ खेलबाट ४२ अंक भएको छ । 

शीर्ष स्थानको नापोलीको समान खेलबाट ५४ अंक छ भने एक खेल कम खेलेको इन्छर मिलानको ५१ अंक छ । २३ खेल खेलेको एटलान्टा भने ४७ अंकसहित तेस्रो स्थानमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप