वेष्ट ह्यामको आत्मघाती गोलले चेल्सीलाई ३ अंक चिठ्ठा
मङ्गलबार, २२ माघ २०८१, ०४ : ०१

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा चेल्सी विजयी भएको छ । सोमबार राती भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई २-१ गोल अन्तरले हराएको हो ।
चेल्सीलाई विजयी गराउन पेड्रो नेटोले एक गोल गर्दा एरोन वान विसाकाको आत्मघाती गोल निर्णायक बन्यो । जारोड बोवेनले ४२ औं मिनेटमा दिलाएको अग्रतालाई ६४ औं मिनेटमा नेटोले रोके । दुर्भाग्यवस ७४ औं मिनेटमा विसाकाले आत्मघाती गोल गरिदिएपछि चेल्सीलाई चिठ्ठा परेको हो ।
यो जितसँगै चेल्सी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । २४ खेलबाट ४३ अंक जोडेको चेल्सीले म्यान्चेस्टर सिटीलाई पछि पारेको छ । म्यान्सिटीको समान खेलबाट ४१ अंक छ । एक खेल कम खेलेको शीर्ष स्थानको लिभरपुलको ५६ अंक छ भने दोस्रो स्थानको आर्सनलको ५० अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार