सनिशलाई राष्ट्रिय फुटबल खेलाडी सम्मान
कास्की । सहारा क्लब पोखराद्वारा प्रदान गरिने यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान रक्षक सनिश श्रेष्ठले प्राप्त गर्ने भएका छन् । प्रतिभा छनोट समितिको सोमबारको बैठकले श्रेष्ठलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।
क्लबका महासचिव रामजीप्रसाद अधिकारीले सनिशलाई नगद ५० हजार पाँच सय पाँच र सम्मानपत्र रहेको छ । तनहुँको पुर्कोटका सनिश विगत सात वर्षदेखि राष्ट्रिय टोलीमा रहेर फुटबल खेल्दै आएका छन् ।
नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएबापत क्लबले बर्सेनी एक जना राष्ट्रियस्तरको फुटबल खेलाडीलाई पुरस्कृत गर्दै आएको छ । यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान सम्मानित भइसक्नुभएको छ ।
सहारा क्लब पोखराको आयोजनामा २४औँ संस्करणको आहा रारा पोखरा गोल्डकप आजदेखि सुरु हुँदैछ । माघ २२ देखि फागुन ३ सम्म पोखरा रङ्गशालामा हुने सो प्रतियोगितामा १२ टिमले भाग लिँदैछन् । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लब अध्यक्ष केशवराज बरालले बताए । उद्घाटन खेल आयोजक सहारा र नेपाल पुलिस क्लबबीचमा हुँदैछ । प्रतियोगिता उद्घाटन अवसरमा श्रेष्ठलाई उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानद्वारा सम्मान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने
-
काँक्रोको बीउ बिक्री गरेर छ करोड आम्दानी
-
देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, यी प्रदेशमा आज वर्षाको सम्भावना
-
क्यानाडा र मेक्सिकोमाथि आयातकर लगाउने प्रस्तावबाट पछि हटे ट्रम्प
-
गणेशजीको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
तिमाङको जङ्गलमा लागेको आगो अझै सकिएन निभाउन