सीमा सम्झौतापछि ट्रम्प मेक्सिकोप्रति नरम, आयातकर लागू गर्न ढिलाई

काठमाडौं । सीमा सम्झौतामा हस्ताक्षर गरेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमाथि लगाएको ट्यारिफ लागू गर्न ढिलाई गरेका छन् । मेक्सिको अवैध औषधिको ओसारपसार रोक्न सीमामा दश हजार सैनिक खटाउन तयार भएसँगै ट्रम्पले मेक्सिकन आयातमा नयाँ ट्यारिफ लागू गर्न ढिलाई गरेका हुन् ।
मेक्सिकोका राष्ट्रपति क्लाउडिया शीनबामले दक्षिणमा हतियार ओसारपसारलाई सिमित गर्न अमेरिका समेतले प्रतिवद्धता जनाएको बताएका छन् । ट्रम्पले मंगलबारबाट मेक्सिकन सामानमाथि २५ प्रतिशत आयात कर लागू गर्ने घोषणा गरेका थिए ।
त्यसअघि ट्रम्पले युरोपेली संघमाथि समेत व्यापार शुल्क लगाउने चेतावनी दिएका थिए । तर, पछि बेलायतसँग एक सम्झौतामा काम गर्न सकिने सुझाव दिइएपछि उनी पछि हटेका थिए ।
ट्रम्पले आयात कर लगाइनु पर्ने कयौँ कारण बताएका छन् । जसमा सीमा सुरक्षा, अवैध औषधिको प्रवाह, व्यापार घाटालगायतलाई लिइएको छ । तर, क्यानाडाले जवाफी ट्यारिफ घोषणा गरेको छ । यसकै असरले सोमबार अमेरिकी शेयर बजार खुल्नासाथ आरोलो लागेर पछि ट्रयाकमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुटिन अफ नेपाल बन्दलाई लिखित जवाफ पेस गर्न आदेश
-
शिक्षा विधेयक लागि कांग्रेसले पहलकदमी लिने, महरलाई दिइयो जिम्मेवारी
-
कवाडी सङ्कलन गर्ने मजदुरलाई अमर्यादित व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही
-
ह्वाइट हाउसको प्रतिक्रिया : रुस र अमेरिकाबिच आर्थिक साझेदारी हुनसक्छ
-
विमानस्थलमा यात्रुमाथि दुर्व्यवहार गर्ने ३ जना प्रहरीमाथि कारबाही
-
‘चीन ट्रम्पभन्दा राम्रो पार्टनर हो’ भन्ने सन्देश लिएर मलेसिया पुगे सी