मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

योगमाया विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना

सोमबार, २१ माघ २०८१, २२ : ३८
सोमबार, २१ माघ २०८१

खाँदबारी । सङ्खुवासभाको खाँदबारीमा विदुषी योगमाया हिमालयन विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना गरिएको छ । अरुण उपत्यकाभित्रका १९ वटा स्थानीय तहका प्रमुख र प्रतिनिधि भेला भएर आज जिल्ला समन्वय समितिको भवनमा केन्द्रीय कार्यालय स्थापना गरिएको हो । 

विश्वविद्यालयका अध्यक्ष डा.अर्जुन कार्कीले कार्यालयको उद्घाटन गर्दै विश्वविद्यालय स्थापनाका लागि भइरहेका प्रयास र हालसम्मको प्रगतिका बारेमा जानकारी गराएका थिए ।

कार्यालय स्थापनासँगै विश्वविद्यालयका काम अघि बढेको र खाँदबारी नगरपालिका–९ को ढुङ्गेबिसौनामा पाँच सय रोपनी जग्गा विश्वविद्यालयका लागि अधिग्रहण गरिसकिएको उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप