बोहोराको कविता सङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक
सोमबार, २१ माघ २०८१, २२ : १३
काठमाडौँ । लेखक तथा कवि सन्दीप बोहोरा क्षेत्रीको कवितासङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक गरिएको छ । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर ‘देव डी प्रोडक्सन’ले आज सो सङ्ग्रह बजारमा ल्याएको हो ।
सङ्ग्रहमा ८७ कविता रहेका क्षेत्रीले जानकारी दिए । उनले समाजमा देखेका विषय र आफ्ना भोगाइलाई समेटेर कविता सङ्ग्रह तयार गरेको बताए ।
विसं २०७२ देखि नै कविता लेख्ने गरेता पनि पाँच वर्षयता लेखेका कवितालाई समेटेर पहिलो सङ्ग्रह प्रकाशन गरिएको क्षेत्रीले जानकारी दिए ।
काम पूरा गर्ने वा हार नमान्ने अर्थ लाग्ने ‘अपरावर्ती’मा आफ्नो जीवनको भोगाइ रहेको कवि क्षेत्रीले बताए । “यो एउटा सङ्घर्षरत व्यक्तिको भोगाइलाई कवितामार्फत व्यक्त गरिएको भावना हो । जसले जीवनमा हार नमानेर आफ्नो सपना साकार गर्न सङ्घर्ष गरिरहेका छन्”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा सम्झौतापछि ट्रम्प मेक्सिकोप्रति नरम, आयातकर लागू गर्न ढिलाई
-
रातोपाटी ब्रिफिङ : विपिनको रिहाइमा ढिलाईदेखि कुलमानलाई निकालेर प्राधिकरण फर्किने हितेन्द्र शाक्य ‘च्याप्टर ‘क्लोज’सम्म
-
काठमाडौँमा करिब ५८ प्रतिशत सवारी साधन मापदण्ड विपरीत
-
योगमाया विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना
-
‘शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध’
-
बोहोराको कविता सङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक