गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु
सोमबार, २१ माघ २०८१, २१ : २५

कास्की । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु भएको छ । बैठकको सुरुमा सभामुख कृष्णप्रसाद धितालले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त प्रदेश सभाको बैठक आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए ।
बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश निजामती सेवा ऐन २०७९ संशोधन गर्न बनेको अध्यादेश प्रदेशसभा समक्ष पेस गरेका थिए ।
यस्तै, बैठकले प्रदेशसभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गरेको छ । अर्को बैठक माघ ३० गते दिनको १ः०० बजे बस्ने सभामुख धितालले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुइँकुहिरो र कान्छी तामाङको एक्लो यात्रा
-
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित
-
प्रदेश सरकार शान्ति सुव्यवस्था कायम गर्ने कुरामा भूमिका विहीन भयो : मन्त्री लामिछाने
-
‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’
-
धुलिखेल नगरद्वारा तालिमपछि आठ सय रोजगार
-
रोकियो वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल सुरु गर्ने तरखर (तस्बिरहरू)