१० बजे १० समाचार : ग्यासमा अनुदान, माओवादी बैठकमा पासाङको ‘डिमान्ड’
काठमाडौँ । आज २०८१ माघ २१ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’ प्रस्तुत गरेका छौँ–
- सर्वोच्चको व्याख्या
एक महिलाले चार पुरुषहरूलाई करणी गर्न अनुमति दिन नसक्ने भन्दै सर्वोच्च अदालतले यस्तो कार्यलाई सामूहिक बलात्कार हुने व्याख्या गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र सारंगा सुवेदीको संयुक्त इजलासले राजु परियारविरुद्ध ‘स्वयम्भू ढ’ (नाम परिवर्तन) को मुद्दामा फैसला सुनाउँदै यस्तो व्याख्या गरेको हो ।
- कर्णाली सरकार
कर्णाली प्रदेश सरकारको पारिश्रमिक शीर्षकमा पुस महिनामा मात्र ११ करोड ८९ लाख ७३ हजार ४२१ रुपैयाँ खर्च भयो । प्रदेश लेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार त्यसमध्ये पारिश्रमिक कर्मचारी शीर्षकमा ११ करोड ४७ लाख ४ हजार ७१५ र पारिश्रमिक पदाधिकारी शीर्षकमा ४२ लाख ६८ हजार ७०६ रुपैयाँ खर्च भएको छ ।
- ग्यासमा अनुदान
नेपाल आयल निगमले एलपी ग्यास व्यावसायिक र घरायसी प्रयोजनका लागि परल मूल्यमा बिक्री गर्ने तयारी गरेको छ । दुवै प्रयोजनमा ग्यास परल मूल्यमा बिक्री गरेता पनि घरायसी प्रयोजनमा खपत हुने ग्यासमा भने अनुदान दिने तयारी थालेको निगमले जनाएको हो ।
- विपिनको रिहाइ
हमास र इजरायबिच युद्धविराम भएपछि दुवैतर्फका बन्धक धमाधम रिहा भइरहेका छन् । तर, नेपाली युवा विपिन जोशीको हालसम्म कुनै टुंगो लागेको छैन ।
- प्रचण्डको ध्यान अर्कैतिर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हतारमा पार्टी एकता नगर्ने मुडमा देखिएका छन् । उनका यही मनस्थितिका कारण विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र महिन्द्र राय नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)सँग हुने भनिएको एकता पर धकेलिँदै आएको छ ।
- माओवादी पदाधिकारी बैठक
लामो समयदेखि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई पार्टीमा जिम्मेवारी दिने चर्चा चले पनि नेकपा माओवादी केन्द्रले अझै यस विषयमा निर्णय गर्न सकेको छैन । सोमबार बसेको पार्टीको पदाधिकारी बैठकले पनि यसबारे कुनै निर्णय गरेन ।
- हितेन्द्र शाक्यको ‘च्याप्टर क्लोज’
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सोमबार पनि सुनुवाइ भएन । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा पेसी रहेको मुद्दा १२ औँ नम्बरमा भए पनि सुनुवाइ भएन । दुवै न्यायाधीशको एकल इजलास पनि भएका कारण आज हेर्न नभ्याउने हुँदै स्थगित भयो ।
- अस्वाभाविक आयात
नेपालमा सुकेको लसुनको अस्वाभाविक आयात भएको पाइएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा ६ अर्ब १८ करोड ५४ लाख ७५ हजार रुपैयाँ बराबरको ४ करोड ६९ लाख ५१ हजार ६०७ किलो लसुन आयात भएको छ ।
- लुम्बिनी प्रदेश स्थापना दिवस
लुम्बिनी प्रदेश सरकार स्थापना भएको आज आठ वर्ष पूरा भएको छ। प्रदेश सभा स्थापन भएको दिनलाई नै यहाँ स्थापना दिवस कायम गरिएको छ । फागुन ३ गते भने मुख्यमन्त्री नियुक्ति भएको मानेर त्यस दिन एक कार्यक्रम गर्ने सरकारले तयारी पनि गरेको छ ।
- अभिनयमा फर्किए ‘कमेडी भिलेन’
कलाकार मुकुन्द श्रेष्ठ अभिनयमा फर्किएका छन् । फिल्म ‘लाज शरणम्’ मार्फत उनी १० वर्षपछि अभिनयमा फर्किएका हुन् । नेपाली फिल्ममा नेगेटिभ चरित्र बढी गरेका उनी फिल्म ‘कोहिनुर’ पछि हराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : विपिनको रिहाइमा ढिलाईदेखि कुलमानलाई निकालेर प्राधिकरण फर्किने हितेन्द्र शाक्य ‘च्याप्टर ‘क्लोज’सम्म
-
काठमाडौँमा करिब ५८ प्रतिशत सवारी साधन मापदण्ड विपरीत
-
योगमाया विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना
-
‘शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध’
-
बोहोराको कविता सङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक
-
विष्णुपुर सवस्टेशन अन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने