भारतको उत्तर प्रदेशमा फाइबर केबल चुँडिदा इन्टरनेटमा समस्या
सोमबार, २१ माघ २०८१, २० : ४२

काठमाडौँ । भारतको उत्तर प्रदेशमा फाइबर केबल चुँडिदा इन्टरनेटमा समस्या आएको नेपाल टेलिकमले औपचारिक रूपमा जानकारी दिएको छ ।
टेलिकमले सोमबार एक सूचनामार्फत आपूर्तिकर्ताहरू मध्ये भारतको ‘भारती एयरटेल लिमिटेड'को उत्तर प्रदेशस्थित फरेन्दा र कोल्हुइ बजार क्षेत्रका दुई स्थानमा फाइबर केबल चुँडिन गई नेटवर्कमा समस्या उत्पन्न भएको जनाएको हो ।
सोही कारणले गर्दा माघ २० गते राति ९ः०७ देखि १०ः३० सम्म टेलिकमको इन्टरनेट सेवामा आंशिक समस्या उत्पन्न हुन गएको सूचनामा उल्लेख छ । टेलिकमले ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ । सोही कारणले टेलिकमबाहेक अन्य कम्पनीका इन्टरनेटमा समेत समस्या देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा
-
सहिद परिवारको घरमा प्रचण्डको बास
-
करोडौँ राजस्व तिरिरहेका ‘फेसबुक’लगायत सामाजिक सञ्जाल किन बन्द गर्न खोज्दै छ सरकार ?
-
पिछडिएका समुदायको उत्थानका लागि स्वरोजगार कार्यक्रम