मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय

पहिलो याक्खा हाक्पारे ‘ओम्माङ्बा’ सार्वजनिक

सोमबार, २१ माघ २०८१

धरान । याक्सिगुम मिडिया प्रालिको ब्यानरमा निर्मित पहिलो याक्खा हाक्पारे भिडियो ‘ओम्माङ्बा’ सार्वजनिक भएको छ । सोमबार सुनसरीको धरानमा एक कार्यक्रम आयोजना गरी भिडियो सार्वजनिक गरिएको हो ।

गोकुल सोम्याहाङ्गद्वारा निर्मित उक्त भिडियोमा देउ कृष्ण् लिंखा (राई)को निर्देशन रहेको छ । सह–निर्माताहरुमा खगेन सिं सोम्याहाङ्ग, वालगोपाल सोम्याहाङ्ग, सुजता जिमी र देवी याक्खा रहेका छन् ।

भिडियोमा अजय जिमी, गोकुल सोम्याहाङ्ग, हिरा सोम्याहाङ्ग, बिमला जिमी, सरिता जिमी, सरिता जिमी, राजकुमारी कोङ्रेन, सञ्जिता जिमी, रमेश लिम्बुखिम, गजेन्द्र पुपाङ्गु, मिजन सोम्याहाङ्ग, सविता जिमी लगायतको अभिनय तथा प्रस्तुति रहेको छ । मनु नेम्वाङ र शिव सम्बाहाम्फेले हाक्पारेमा स्वर दिएका छन् भने लय संकलन अजय जिमी याक्खाको रहेको छ ।

याक्खा जातिको मुख्य बसोवास रहेको क्षेत्र संखुवासभाको आँखीभुईंमा भिडियोको छायाँकन गरिएको हो । याक्खा जातिमा प्रचलित हाक्पारे एक मौलिक गायनशैली हो । यसमा खासगरी मुन्थुमका साथै संस्कार–परम्परा, जीवन–जगत र मानव जीवनका विविध पक्षबारे व्याख्या हुन्छ । हाक्पारेको माध्यमबाट आपसमा दुखसुखसमेत साटासाट गर्ने गरिन्छ । गीत र भिडियो निर्माणले प्रचलन कम हुँदै गएको हाक्पारेलाई जगेर्ना तथा दस्तावेजीकरण गर्न महत्त्वपूर्ण योगदान पुग्ने याक्खा समुदायका अग्रजहरूले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया