सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय

रियालिटी शो 'कमेडी किड्स'को औपचारिक घोषणा

सोमबार, २१ माघ २०८१, २० : १३
सोमबार, २१ माघ २०८१

काठमाडौँ । पछिल्लो समय नेपालमा रियालिटी शोहरुको सङ्ख्या बढ्न थालेको छ । रियालिटी शोप्रति दर्शकको चासो पनि बढ्न थालेको छ । 

आज 'वसन्त पञ्चमी'को शुभ अवसरमा रघुजी फिल्म्सले नयाँ रियालिटी शो 'कमेडी किड्स'को औपचारिक घोषणा गरेको छ । मध्य बानेस्वरमा रहेको घराना लन्ज एण्ड बारमा पत्रकार सम्मेलनको आयोजना गर्दै शोको औपचारिक घोषणा गरिएको हो । घोषणा कार्यक्रममा रियालिटी शो 'कमेडी किड्स'को लोगो सार्वजनिक गरिएको छ ।

बालबालिकाहरूलाई लक्षित गरी निर्माण गरिने शोमा चार देखि १४ वर्षसम्म उमेर समूहकाले भाग लिन पाउने रघुजी फिल्म्सका सञ्चालक रघुनाथ सापकोटाले बताए। फागुनको पहिलो साताबाट डिजिटल अडिसन खुला गरिने पनि उनले बताए । सन्तोष खनालले निर्देशन गर्ने शोको जुरी टिम र अन्य टिम फाइनल हुन बाँकी रहेको छ।

डिजिटल पार्टनर ओएसआर डिजिटल र भोटिंग पार्टनरमा ओएसआर कनेक्टसँग सम्झौता भएको छ। शो प्रसारण हुने टेलिभिजन फाइनल हुन बाँकी रहेको बताइएको छ। प्रतियोगितामा विजेताले नगद पुरस्कार प्राप्त गर्नेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप