माओवादी केन्द्रीय पार्टी कार्यालयको मुख्य सचिवमा पुन र प्रचण्डको प्रमुख स्वकीय सचिवमा आचार्य
सोमबार, २१ माघ २०८१, १९ : ३४

काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय पार्टी कार्यालयको मुख्य सचिवको जिम्मेवारी स्थायी समिति सदस्य गणेशमान पुनलाई दिएको छ । सोमबार बसेको पदाधिकारी बैठकले कोषाध्यक्ष समेत रहेका यसअघिका मुख्य सचिव श्रीराम ढकाल बाहिर गएकाले पुनलाई जिम्मेवारी दिएको एक पदाधिकारीले जानकारी दिए ।
यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालय हेर्ने जिम्मेवारी गोविन्द आचार्यले पाएका छन् । आचार्यले प्रमुख स्वकीय सचिवको जिम्मेवारी पाएका हुन् ।
यसअघि स्वकीय सचिव रहेका रमेश मल्लले उपत्यका विशेष प्रदेशको सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकको भरोसा बढाउने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
नर्भिक अस्पताल ३३ औँ वर्षमा प्रवेश, तीन दशकमा २५ लाखभन्दा बढीले लिए सेवा
-
शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाउँदै
-
नेपाल एयरलाइन्सद्वारा ऋण बापतको ५३ करोड ९ लाख भुक्तानी
-
वेवारिसे अवस्थामा १८० किलोग्राम गाँजा बरामद
-
२०८२ साल कुन राशिका लागि शुभ ?