सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय

नो केबलकार आन्दोलन : वार्तामार्फत समाधान खोज्न जसपा नेपालको आग्रह

सोमबार, २१ माघ २०८१, १९ : २२
सोमबार, २१ माघ २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज सम्पन्न भएको छ । तीन दिनदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठक सोमबार साँझ सकिएको छ । 

पूर्वी नेपालमा अहिले भइरहेको ‘नो केबलकार आन्दोलन’ माथिको सरकारी दमन र धरपकड तत्काल बन्द गरी वार्तामार्फत समाधान खोज्न आग्रह गर्दै जसपा नेपालले घाइतेको उपचार र गिरफ्तार गरिएका आन्दोलनकारीलाई अविलम्ब रिहाइ गर्न सरकारसँग माग गरेको हो । 

किराँत–लिम्बुवानका सांस्कृतिक एवं धार्मिक आस्थाको केन्द्र पाथीभरा (मुकुम्लुङ) को प्राकृतिक संरचनालाई यथावत् राख्न भइरहेको आन्दोलनमाथिको सरकारी दमन लोकतान्त्रिक मूल्य मान्यताको विरुद्ध रहेको ठहर गर्दै बैठकले यस प्रकार सरकारको अलोकतान्त्रिक कदमको निन्दा गरेको छ । 

धार्मिक सांस्कृतिक आस्था र पहिचानका लागि अहिंसात्मक तथा शान्तिपूर्ण संघर्ष गरिरहेका जनतामाथि सरकारले बल प्रयोग गरेर त्यहाँका आदिवासी–जनजाति समुदायको अधिकारको हनन गरेको बैठकको ठहर रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप