मसीजन्य पत्रिका प्रयोग गरी प्रशोधन गर्दै गरेको ६४ किलो केक नष्ट
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मसीजन्य पत्रिका प्रयोग गरी प्रशोधन गर्दै गरेको ६४ किलो केक नष्ट गरेको छ । सोमबार विभागले भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित श्री गणेश बेकरीले उत्पादन गरेको केक नष्ट गरेको हो ।
उक्त बेकरीले उद्योग दर्ता नगरी तथा खाद्य अनुमति पत्र नलिई व्यवसाय सञ्चालन गरेको पाइएको छ । सोमबार विभागले मोबाइल फुड ल्याब भ्यान सञ्चालन गरी डेरी तथा बेकरी उद्योगका खाद्य पदार्थको अनुगमन गरेको थियो ।
‘मसीजन्य पत्रिका प्रयोग गरी प्रशोधन गर्दै गरेको १६ ट्रे (करिब ६४ के. जी) केक जन्य पदार्थ नष्ट गरी कारबाही गरियो,’ विभागले विज्ञप्तिमा भनेको छ,‘सम्बन्धित निकायमा उद्योग दर्ता गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति पत्र लिई मात्र प्रशोधित खाद्य पदार्थ उत्पादन तथा बजारमा बिक्री वितरण गर्न हुन निर्देशन दिई तत्कालको लागि उत्पादन बिक्री वितरण रोक्का राखिएको छ ।’
यसै गरी विभागले शुक्रबार काठमाडौँ ६ बौद्ध मा रहेको लभि प्रा. लि. को किचन र भण्डारण कक्षको अनुगमन गरेको छ । उक्त रेस्टुरेन्टको किचन अनुगमन गर्ने क्रममा कृत्रिम रंग मिसावट गरी तयार गरेको १/२ के. जी. चिकेन तन्दुरी नष्ट गरिएको छ । कैफियत पाइएका उद्योग तथा होटललाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम आवश्यक कारवाहीका लागी प्रक्रिया अगाडि बढाइको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानमा आदिवासी जनजातिका हक सुनिश्चित : सभामुख
-
गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु
-
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच सकारात्मक छलफल, मंगलबार पुनः बैठक बस्ने
-
मन्त्रिपरिषद् बैठक : अध्यादेशका नियमावली पारित
-
दुधकोशी चुहार–फलाम ढुङ्गा–घोरेटार सडक कालोपत्र सुरु
-
लुम्बिनी प्रदेश स्थापना दिवस : ८ वर्षमा ६ सरकार, ७२ मन्त्री